About Contact
०९ आश्विन २०७८, शनिबार
Close
बिज्ञापन
 छिरिङ शेर्पा एएसबीसी च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

Darpanpost सोमबार, भाद्र ०७, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

 

काठमाण्डौ – नेपाली बक्सिङ खेलाडी छिरिङ वाङ्दी शेर्पाले युनाइटेड अरब इमिरेटस् (यूएई) मा कुवेतका
खेलाडी लाई पराजित गर्दै एएसबीसीको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
यूएईमा भइरहेको (एएसबीसी) एसियन युथ एण्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा शेर्पाले हिजो भएको खेलमा
कुवेतका मोहम्मद अलिनेजी मोहम्मद लाई पराजित गरेका हुन् ।
जुनियर इभेन्ट तर्फ शेर्पाले कुवेतका मोहम्मद लाई ब्यान्टम
५४ किलो तर्फ क्वार्टर फाइनलमा ५–० अङ्कले हराउँदै
सेमिफाइनल प्रवेश गरेका यूएईमा नेपाली टोलीका साथमा रहेका ओलम्पियन एवं प्रशिक्षक डम्बरदत्त भट्टले जानकारी दिएका हुन् ।
उनले आज सेमिफाइनल खेल्ने छन् ।
यस्तै जुनियर तर्फ महिला ५२ किलोमा नेपालकी स्वस्तिका तिरुवाले पनि पदक पक्का गरेकी छिन । उनी सम्मलित स्पर्धामा कुल चार खेलाडी मात्र सहभागी
छन् ।
प्रतियोगितामा नेपाल बाट शेर्पा र तिरुवा सँगै पुरुष तर्फ ६० किलो तौलमा इन्द्र बहादुर सुनार, ५४ किलोमा सुलभ माली र ७१ किलोमा सुदेन गिरी तथा महिला ५७ किलोमा नारिका राई सहभागी भएका छन् ।
गएको महिना ललितपुरको सातदोबाटोमा सम्पन्न छनोट प्रतियोगिता बाट यूएईमा भाग लिने खेलाडीको छनोट गरिएको हो ।
टोलीमा ओलम्पियन एवं प्रशिक्षक दीपक महर्जन, सन्दीप
श्रेष्ठ र दुर्गा गहतराज सहभागी छन् ।
टोलीको व्यवस्थापकमा नेपाल बक्सिङ सङ्घका सदस्य मान बहादुर भण्डारी र झापा जिल्ला बक्सिङ सङ्घका सदस्य तर्कराज राईले गरेका छन् । प्रतियोगिता आउँदो असोज १५ गतेसम्म सञ्चालन हुनेछ ।

 रासस

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
जसपा पार्टिको भातृ सगठन जसपा युवा संघ गठन
आमा समुहलाई सचेतना जगाउदै ३ दिवसिय कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com