About Contact
०९ आश्विन २०७८, शनिबार
Close
बिज्ञापन
जब यी पुरुषले ३७ औं बिहे गरे

Darpanpost शनिबार, भाद्र ०५, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

इतिहासमा राजा महाराजाहरुले दर्जनौँ रानीहरुसँग बिहे गरेको इतिहास पढ्न पाइन्छ । तर अहिलेको २१औं शताब्दीमा धेरै मुलुकमा बहुविवाह कानूननः बर्जित मात्र छैन कुनै पनि पुरुषले एकभन्दा बढी पत्नीसँग बिहे गर्ने भन्ने कुरा असहज नै लाग्दछ ।

तर यो दुनियाँमा अहिले पनि एकजना त्यस्ता पुरुष छन् जसले हालैमात्र ३७औं पटक बिहे गरेका छन् । सोसल मिडियामा भाइरल भैरहेको एक भिडियोमा ती वृद्ध पुरुषले एक युवतीसँग बिहे गरिरहेको देखिन्छ । त्यसमा दाबी गरिए अनुसार उनले आफ्ना २८ जना पत्नी, ३५ जना छोराछोरी तथा १२६ जना नातिनातिनीहरुकै अगाडि ३७औं पत्नीसँग बिहे गरेका हुन् ।४५ सेकेण्डको उक्त भिडियो क्लिप कुन देशको हो भन्ने चाहिं खुलेको छैन ।

यसअघि हालै जिम्बाबेमा पनि यस्तै घटना भएको थियो जहाँ एकजना पुरुषले १७ औं बिहेको लागि केटी खोजिरहेको खुलासा गरेका थिए । युद्ध नायकको रुपमा रहेका ६६ वर्षका मिशेक नयान्दोरोले यसअघि १६ जना पत्नी भित्राइसकेका छन् र उनका १५१ जना छोराछोरी छन् ।

आफू मर्नु अगाडि १०० पत्नी बनाएर एक हजार छोराछोरी जन्माउने लक्ष्य रहेको उनी बताउँछन् । आफ्नो मुख्य काम भनेकै पत्नीहरुलाई सन्तुष्ट बनाउनु रहेको उनको भनाइ छ । स्मरण रहोस् मिशेक आफैंमा बेरोजगार छन् तर उनका छोराहरु मध्ये धेरैले सरकारी जागिर गर्दछन् । उनले अन्तिम पटक सन् २०१७ मा १६ औं बिहे गरेका थिए ।।

एजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
जसपा पार्टिको भातृ सगठन जसपा युवा संघ गठन
आमा समुहलाई सचेतना जगाउदै ३ दिवसिय कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com