About Contact
०९ आश्विन २०७८, शनिबार
Close
बिज्ञापन
म केहि गर्न सकिन मेरी आमा

Darpanpost मंगलबार, साउन २६, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

दुर्गा ठाकुर -मलाई जन्मदिने मेरा भगवान सरह आमा बुबालाई शिर निहुराई ढोग । आमा बुबा मलाई माफ गर्नुहोला १ मलाई अझै याद छ त्यो झिस्मिसे साझ जुनदिन म घरबाट जापान हिडेको त्यो दिन अझै झलझल्ति याद आउछ , आमा भन्नु भएको थियो नि “ बाबु टाडा जाँदै छौ , खुसि हुनु , राम्रो संग सबैसंग मिलेर बस्नु। के गर्नु बाबु घरको ऋण ,बेरोजगारि ,घर परिवारको जिम्मेवरि २-२ ओटी बैनिहरुको जिम्मेवारि , आफ्नो भबिश्य साहुको ऋण बुढा बुढा ति मेरा मावलिका हजुरआमा ,बुबा सबैले कुराले गर्दा नगई नहुने भयो ,मेरो त्यो स्वर्ग जस्तो परिवार छाडेर त मलाई पनि रहर थिएन तर के गर्नु म जस्तो लाखौ छोराहरुको बध्यता हो नि है काधमा परिवारको जिम्मेवारि थपिए पछिविदेशिनु पर्ने रहेछ । आमा तिमिले भन्ने गरेको थियौ नि दिनदिनै नत्र ३,४ दिनमा फ़ोन गरे है भनेर अहिले मलाई “ झलझलि याद आईरहेको छ आमा । तर मलाई माफ गर्दिनुहोस मैले फोन के भनेर गरौ १ के भनेर फोन गरौं आमा , जापान आएको ३ बर्ष हुन लागिसक्यो न त ऋण तिर्न सके न त बाबा लाई विदेश देखि नेपाल नै फर्काउन सके म केहि गर्न सकेन भनेर फोन गरौ आमा कि खुसि दिन सकिन भनेर गरौ या माफ गर्नुस भनेर गरौ रु म दुखी हुदा भन्नुहुन्थ्यो नि आमा “अरुको घर हो बनिहाल्यो हाम्रो त महल हो बाबु एक न एक दिन बन्छ “ मलाई थाहा छ आमा , हाम्रो कुनै महल हैन १ तल्ले घर हो ४ वटा कोठा छ तर आमा मैले केहि गर्न सकिन , न त ऋणतिर्न सके न त ति बुढा आखामा खुशि दिन सके अझै एक तल्ला थप्ने त के कुरा गरौ आमा ३र४ महिना भयो घर मा घर खर्च नै पठाएको छैन आमा । एक मन ले त लाग्छ कि सबै कुरा छाडेर नेपालमै आउँ तर आमा बाध्यता भयो एक्लो छोरो नेपाल आएर पनि के गरेर खानु, बहिनिको पनि बिहे गरिदिनु नै पर्यो , भर्खरै सबै मन(मोह छाडेर नेपाल आउन त मन छ तर आमा अहिले म नेपाल आएर के गरु न म घरको हुन्छु न त घाटको । आमा मलाई माफ़ गरिदिनुस म एउटा असल छोरा बन्न सकिन म एउटा छोरा ले पनि तपाईलाई खुसि बनाउन सकिन आमा आउने छु आमा एक दिन त्यस पछि कहिले छाडेर हिँड्ने छैन ।म आउँदाको दिन मिठो खाना खुवाउनु है आमा यहाँ त आमा एक छाक पनि मुस्किलले खाने गरेको छु । जापानमा पाइने च्याउ च्याउमा तातो पानि हालेर खाने गरेको छु आमा कहिले काहि त पाउरोटि र दुधमात्र खाएर काममा दौडिन पर्छ त्यो पनि जिन्दगिको रमाइलो भनुम कि दु ख गर्दै गरेको यात्रा भनम आमा म खुशि छु आमा म खुशि छु कमसेकम म लक्ष्यलाई अन्धकारमा टुकि बालेर खोज्दै त छु नि ।

लाउ लाउ खाउ भन्ने उमेरमा बिदेश आए साथी संगि सबै कता छन् छन् कोहिले त फोन गर्छन बोल्छन कोहिकोहि सार्है व्यस्त भएर होकि गरेको फोन पनि उठाउदैन्न सब भविस्य बनाउनमा व्यस्त छन माफ गर्नु मेरा पिर्य मित्रहरु म हजुरहरुको साथमा हरेक दिन रहन सकिन । तर याद भने सार्है आउछ नि स्कुल कलेजको सलिम सरको पिटाई , खेमान्नद सरको रमाइलो पढाई मेरो तरगौलि स्कुल , केरवानि स्कुल,आदर्श कलेज सम्पुर्ण गुरु वर्गमा नमन ।

मलाई सार्है याद आउछ मेरि ठुलआमाको बुबाको मलाई सार्है याद आउछ मेरा आदरणिय गुरुहरुको , मेरा सहकर्मि दाई दिदिको मलाई माफ गर्नुहोस सबै जनाले मैले कसैलाई हसाउन सकिन तर म हिम्मत हरेको पनि छैन मिहिनेत गर्दै छु एक न एक दिन मैले राम्रो काम गरेर म सबै जनाको शिर उच्च गराउनेछु । मलाई माफ गर्नु बैनि यसपालिको दशै तिहारमा नि आउन सक्दिन , मलाई माफ गर्नु होला बुबा अझैकति दिन हजुर परिवार देखि बस्नु पर्ने होला मैले केहि गर्न सकिन कसैको लागि पनि ।

काममा राम्रो संग काम गर्यो नेपालीले नेपालीकै खुट्टा तान्छन् गर्हौ छ आमा विदेशी जिवन । क्यौ रात बित्यो आनिदो अनि भोक्कै पेट सुतेका र काम गरेका पलहरु कहिले काहि त डर लाग्छ कि सयौ सपना बोकेर विदेशिएको म रातो बाकसमा समेटिएर फर्कने दिन त आउदैन यदि यस्तो दिन आएछ भने म मात्र हैन मेरो परिवारको भबिश्य तहस नहस हुनेछ आसा छ त्यो दिन नआओस ।

डराई डराई रुनु पर्छ कसैले नसुनोस भनेर के गर्नु छोरा परियो दिल खोलेर रुने आधिकार पनि छैन हामिहरुलाई यस्तै हैछ जिन्दगि सानो सानो खुशीहरु समेटेर रमाउने गरेको छु आसा छ हाम्रो पनि जिन्दगिको पाना परिवर्तन हुनेछ ।

“आमाको न्यानो काख बाट शुरुवात भएको जिन्दगि दाउराको राप माथि जलेर खरानि खरानि भएर सकिन्छ”।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
जसपा पार्टिको भातृ सगठन जसपा युवा संघ गठन
आमा समुहलाई सचेतना जगाउदै ३ दिवसिय कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com