हापुरे -आपतकालिन प्रतिकार्यका लागी पुर्व तयारी अन्र्तगत बबई गाउपालिकामा प्रविधि सहयोग गरिएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङले आज बबई गाउपालिकामा प्रविधि सहयोग गरेको हो ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङका सुचना व्यवस्थापन अधिकृत विश्व प्रकाश अर्याले बबई गाउपालिकाका अध्यक्ष भुवनेश्वर पौडेल लाई विपत व्यवस्थापनका लागी प्रविधि सहयोग अन्र्तगत टि भि सेट एक थान तथा कन्फेरेन्स क्यामेरा एक थान एक कार्यक्रमका विच हस्तान्तरण गर्नु भएको हो ।
बबई गाउपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाईटी उप कोषाध्यक्ष ज्ञानप्रसाद आईतबारेको प्रमुख आथित्यतामा सहयोग हस्तान्त्रण गरीएको हो । कार्यक्रममा धन्यवाद ज्ञापन गर्दे बबई गाउपालिकाका अध्यक्ष पौडेलले आपतकालिन प्रतिकार्यका लागी पुर्व तयारीमा यो प्रविधिले काम गर्ने सहज हुने बताउनु भयो । कार्यक्रमको सहजीकरण बबई गाउँपालिकाका सुुचना अधिकारी भुवन चन्दले गर्नु भएको थियो ।