About Contact
०९ आश्विन २०७८, शनिबार
Close
बिज्ञापन
जब पतिको शुक्रकिट रक्षाका लागि अदालतको ढोका ढक्ढकाउन पुगिन् 

Darpanpost शुक्रबार, साउन ०८, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

भारतको बडोदरा स्थित स्टर्लिंग अस्पतालले अदालतको आदेश बमोजिम कोभिड १९ संक्रमित एक युवकको वीर्य संकलन गरेर सुरक्षित राखेको छ ।

ती संक्रमित पुरुषकी पत्नीले अदालतमा दायर गरेको एक रिट निवेदनमा गुजरात उच्च अदालतले दिएको आदेश बमोजिम अस्पतालले संक्रमितको वीर्र्य संकलन गरेको हो ।

ती महिलाका वकिल निलय एच पटेलले बीबीसीलाई बताए अनुसार कोभिड १९ संक्रमित ती पुरुषको स्वास्थ्य अवस्था निकै बिग्रिंदै गएको थियो । आफ्नो पतिको कोभिडका कारण मृत्यु हुने सम्भावना बढेसँगै ती महिलालाई पतिको शुक्रकिट निकालेर सुरक्षित राख्ने चाहना पलायो । उनले आफ्नो लोग्ने उपचाररत अस्पतालसँग पतिको वीर्र्य निकालेर राखिदिन अनुरोध पनि गरिन् । तर अस्पतालले यसका लागि पतिको सहमति आवश्यक रहेको बतायो । त्यहाँनेर के समस्या उत्पन्न भयो भने उनका पति आफ्नो वीर्र्य निकाल्नका लागि सहमति दिनसक्ने अवस्थामा थिएनन् । त्यसपछि ती महिलाले अदालतको ढोका ढक्ढकाइन् ।

उक्त दम्पत्तिको विवाह केवल ८ महिना अगाडि मात्र भएको थियो र उनीहरु क्यानडामा बसोबास गर्दै आएका थिए । पुरुषका पिता बिरामी परेपछि उनीहरु क्यानडाबाट स्वदेश फर्किएका थिए । घर फर्किए लगत्तै ती युवकमा पनि कोरोना संक्रमण देखा पर्यो । ती युवकको उमेर झण्डै ३० वर्षको रहेको बताइएको छ ।

स्टर्लिंग अस्पतालका क्षेत्रिय निर्देशकका अनुसार ती युवकलाई ४५ दिनअघि उक्त अस्पतालमा भर्ना गरिएको थियो ।

पछिल्लो दिनमा उनका शरीरका विभिन्न अंगले काम गर्न छाडेका छन् र उनलाई बचाउन सकिने सम्भावना निकै कम छ ।

अस्पतालले विशेष विधिबाट निकालेको ती युवकको वीर्र्य हाल सुरक्षित अवस्थामा राखिएको छ । उक्त शुक्रकिटलाई कसरी उपयोग गर्ने भन्ने कुरा बिरामीकी पत्नीको निर्णयमा भर पर्नेछ ।

बीबीसी

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
जसपा पार्टिको भातृ सगठन जसपा युवा संघ गठन
आमा समुहलाई सचेतना जगाउदै ३ दिवसिय कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com