सुबिन विश्वकर्मा (सुनसरी)-जमाना भाइरल हुनेहरूको हो । कुन बेला को व्यक्ति ? कसरी ? भाइरल हुन्छ, पत्तै हुन्न । प्रसंग छ, पछिल्लो समय बिहे नै नगरी बच्चा जन्माउन चाहाने नायिकाको । र उनी हुन् नम्रता सापकोटा । चलचित्र अन्तराल मार्फत उत्कृष्ट डेब्यु एक्ट्रेसको उपाधी समेत पाइसकेकी नायिका सापकोटा पछिल्लो केही दिनयता चर्चामा छिन् ।
१६ जुलाईमा न्युज 24 टेलिभिजन बाट प्रशारित एक कार्यक्रममा प्रस्तोता राज श्रेष्ठले सोधे, आजभोलि बिहे गरौं जस्तो लाग्छ कि लाग्दैन, नम्रता जि रुू नम्रताको जवाफ थियो,मलाई त बिहे भन्दा पनि बच्चा पाउँ जस्तो लागेको छ । प्रस्तोताले फेरि सोधेपछी उनले थपिन् म अहिले विवाह नै चाहादिन तर बच्चा चाहान्छु । यहि अभिव्यक्ति अहिले सिने जगतमा गसिप बनेको छ ।
जुलाई १७ मा उक्त अन्तरबार्ता नम्रताले शेयर गरेपछी त्यसमा २सय बढी कमेन्ट छन् । त्यस्तै, न्युज 24 को आधिकारिक फेसबुक पेजमा आएको १७ सय बढी कमेन्ट(९लेख तयार गर्दासम्म) आएका छन् । कमेन्टहरुमा अधिकांश कमेन्ट अश्लील र तल्लो स्तरका शब्दहरुले गाली गरिएका छन् । धेरैले ‘यौन’ सँग जोडेर पनि गाली गरेका छन् जुन विल्कुल तर्कहिन छ । किनकि उनले भनेकी छिन्, ‘यदि मैले बिहे गरिनँ भने पनि बच्चा जन्माउँछु । अहिलेको युगमा बच्चा जन्माउनका लागि बिहे नै गर्नुपर्छ भन्ने पनि छैन । बच्चा जन्माउनका लागि विभिन्न प्रविधिहरु आइसकेका छन् । उनले अहिलेको समयमा बच्चा जन्माउन शारीरिक सम्पर्क नै राख्नु नपर्ने बताएकी छिन् । उनी भन्छिन्, ‘टेस्टट्युब देखि विभिन्न तरिकाले बच्चा जन्माउन सकिन्छ । बच्चा कोख लिन पनि सकिन्छ । तर, यो मेरो सोच मात्र हो ।
केही प्रयोगकर्ताहरुले भनेका छन्, ‘म बिहे गर्न चाहान्न तर सेक्स गर्न चाहान्छु । केहिले भने रहिन्दु धर्म र नेपाल जस्तो देशमा यो संभव नभएको प्रतिक्रिया दिएका छन् । मानिस सामाजिक प्राणी भएकाले समाजको मूल्य मान्यताको ख्याल राख्नुपर्छ । त्यसमा पनि शेलीब्रेटी धेरैको आइडल पर्सन हुने भएकाले उनीहरूले प्रत्येक पटक बोल्दा सचेत हुन जरुरी छ । तरुएट द सेम टाइम विवाह गर्ने नगर्ने, बच्चा पाउने नपाउने नितान्त आफ्नो व्यक्तीगत निर्णय हो । यसमानेमा पनि नम्रताको भनाइमा सहमत हुन सकिन्छ ।
उनकै शब्द सापट लिएर भन्नुपर्दा, छोरी मान्छेको लागि आमा बन्नु एक बरदान हो, त्यसको लागि बिहे भएको होस या नहोस् । अन्तरबार्तामा अतिथी बनेर आएकी नम्रताले यसो भन्दै गर्दा उनी इन्नोसेन्ट देखिन्छन् । बच्चा पाउन श्रीमान चाहिने होईन, विवाह नामक संस्था जरुरी हैन् । पुरुषको ुस्प्रेम चाहिने हो । कसैको स्प्रेम लिएर बच्चा जन्माउन सकिन्छ । तर अवश्य हाम्रो समाज त्यहाँसम्म पुग्न अझ ५० बर्ष लाग्ने देखिन्छ । तर उनले जानेर नजानेर यस्तो अभिव्यक्ति दिईन्, किनकी नम्रता नडराई बोल्ने हक्की स्वभावकि छिन् । चलचित्र क्षेत्रका विकृतिको बारेमा पनि खुलेर बोलिरहेकी हुन्छिन् उनी । सिने क्षेत्रमा नेपोटिज्म र ग्रुपिजम्प हाबी भयो भन्ने तर्क दिएकी एक साहाशी नायिका हुन् ।
बद्लिदो विश्वको परिवेश हेरौं ।
फिलिपिन्स एउटा त्यस्तो देश हो, जहाँ महिलाले बिना विवाह पनि बच्चा जन्माएर ुएकल आमाको जीवन निर्वाह गर्छिन् । धर्म, संस्कृति र मूल्य मान्यताको आडमा सामाजिक अन्धबिश्वासमा रहन जरुरी छैन । हामीले बिज्ञान र प्रबिधिको युगमा दुनियाँसँगै परिवर्तन हुनुपर्छ । धेरै पर जानै पर्दैन, बिकसित देशहरुमा विवाह, शारीरिक सम्पर्क इत्यादिलाई सामान्य रुपमा लिइन्छ । हाम्रो देश त्यस्तो देश हो, जहाँ रजस्वला लाई पनि पापको रूपमा लिइन्छ । छाउपडी बार्न पर्छ र किशोरीले ज्यान गुमाउन पर्छ । त्यसैले पनि नम्रताको यो स्तरको नारी बिद्रोह समाजलाई अपाच्य भएको हो तर यो आवश्यक जरुर हो ।
नेपालको इतिहासलाई हेरौं ।
नेपालको महिला आन्दोलनलाई नियाल्ने हो भने महिलाहरूको मानवताकै पराकाष्ठाको रुपमा रहेको सतिप्रथा अन्त्य भएको सय वर्ष पूरा भइसकेको छ । इतिहासमा भएका महिला स्वतन्त्रता र समानताका लागि भएका आन्दोलन र बिद्रोहले गर्दा नै आजका नारीहरु स्वतन्त्र छन् भन्ने तथ्य भुल्नु हुँदैन । वि।सं। १९७४ सालमा विदुषी योगमाया गरेको सामान्तवादको विरोध, राणाशासनको कालोदिनमा पनि सामाजिक कुप्रथा विरुद्ध महिला अधिकार र समानताका लागि सहाना प्रधान र मंगलादेवी सिंह लगायतका महिलाहरु राणाशासन विरोधी आन्दोलनमा अग्रमोर्चामा होमिएको, २००७ सालको क्रान्तिमा महिलाहरुको सहभागिता र भूमिका उल्लेख्यका कारण बीपी कोइरालाको तत्कालीन मन्त्रीमण्डलमा द्वारिकादेवी ठकुरानी पहिलो महिला मन्त्री भएकी, २०१७ सालमा बहुदलीय व्यवस्था खारेज गरिँदा शैलजा आर्चाय, गौरी राणा, विजया बराल लगायतका महिलाहरुले कालो झन्डा लिएर राजा महेन्द्रको कदमको विरोध गरेको, माओवादी सशस्त्र द्वन्द्वदेखि २०६३ सालको परिवर्तन र त्यस पछिका आन्दोलनहरुमा पनि महिलाहरु शसक्त रुपमा प्रस्तुत भएको कारण आजको समाजमा महिलाहरुले आफ्नो हक, अधिकार र स्वतन्त्रता पाएको इतिहासले पुष्टि गरेको छ । त्यसैले पनि नम्रताको यो बिद्रोह हुन जरुरी छ, ताकी भावी पुस्ताको सामाजिक रुपान्तरणको ऐहेसास लिन पाउन ।
अन्य कलाकारको अ/समर्थनको हेरौं ।
यस विषयले यतिबेला सिने क्षेत्र तातेको अबस्था भएपनी धेरै कलाकर्मीले मुख खोलेका छैनन् । बौद्धिक मानिएकी नायिका सुरक्षा पन्तले अप्रत्यक्ष रुपमा नम्रतालाई उधृत गर्दै लेखिकी छन्, म बिहे नै नगरी बच्चा जन्माउन चाहन्छु ! म बिहे नगरे पनि बच्चा चाँही जन्माउन चाहन्छु ! पहिलो कुरो : यी दुई कुराको आशय र भावनामा आकाश र धर्तीको भिन्नता छ । दोस्रो कुरा फरक नै नभए पनि बाल भएन ।
नम्रताको यो स्तरको बिद्रोह समाजले पचाउन अलि गारो परेपनी यस्तो बिद्रोह आवश्यक देखिन्छ।