About Contact
०९ आश्विन २०७८, शनिबार
Close
बिज्ञापन
रामग्राम नगरपालिकाद्वारा डाक्टर कौशलेन्द्र श्रीवास्तव सम्मानित

Darpanpost बुधबार, आषाढ ३०, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

 

परासी। रामग्राम नगरपालिकाले विद्वान डाक्टर कौशलेन्द्र बहादुर श्रीवास्तवलाइ ५१ हजार नगद सहित सम्मान गरेको छ। नगरपालिकाको आज आठौ नगरसभा समापन कार्यक्रममा विद्वान डाक्टर श्रीवास्तवलाई नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले दोसल्ला ओढाइ सम्मान गर्नु भएको हो। सभामा डाक्टर श्रीवास्तब लाइ सम्मान पत्र सहित ५१ हजार रुपैयाँ नगद पनि प्रदान गरिएको थियो।

बिगत लामो समय देखि निरन्तर शान्तीका अग्रदुत गौतम बुद्धको अष्तिधातु रहेको एतिहासिक एव पुरातात्त्विक स्थल रामग्राम स्तूप र कोलिय गणराज्यका राजधानी एव बुद्धको मावली रहेको पन्डितपुरको महत्व र इतिहासका बारेमा अध्ययन अनुसन्धान गरि विभिन्न लेख र रचना मार्फत त्यस्को महत्त्व उजागर गर्दै अन्तर्राष्ट्रिय जगतमा चिनाउन योगदान पुर्याएकोले उहाँलाई सम्मान गरि हौसला प्रदान गरिएको नगर प्रमुख गुप्ताले जानकारी दिनु भयो।
अष्तिधातु रहेको रामग्रम स्तूप नगरपालिकाको वडा ७ उजैनी गाउँमा अवस्थित छ भने बुद्धको मावली नगरपालिकाको वडा १८ को पन्डितपुर गाउँमा पर्द्छ।

सम्मानित डाक्टर श्रीवास्तव, शान्तिका अग्रदुत बुद्ध सङ सम्बन्धित एतिहासिक, पुरातात्त्विक एव धार्मिक स्थलहरु महत्त्वको बारेमा आफ्नो लेख र रचना मार्फत प्रचारप्रसार गर्दै आउनु भएको छ भने उहाँ बुद्ध र बुद्धका धार्मिक स्थलहरुको बारेमा अध्ययन र अनुसन्धान गरि निकै जानकारी समेत राखि आउने पर्यटकहरुलाइ ब्रीफिङ गर्दै आउनु भएको छ।

नगर सभामा सम्मानित डाक्टर श्रीवास्तव लाई नगर उपप्रमुख रम्भा कुवर, प्रमुख प्राशासकिय अधिकृत राजेश पन्थी लगायत नगरका सम्पुर्ण वडा अध्यक्ष र सदस्यहरुले हार्दिक बधाई समेत ज्ञापन गरेका थिए।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
जसपा पार्टिको भातृ सगठन जसपा युवा संघ गठन
आमा समुहलाई सचेतना जगाउदै ३ दिवसिय कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com