About Contact
०९ आश्विन २०७८, शनिबार
Close
बिज्ञापन
पाल्हिनन्दन गाउपालिकामा स्वास्थ्य सेवा प्रभावकारी बन्दै

Darpanpost शुक्रबार, आषाढ २५, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

प्रकाश न्यौपाने नवलपरासी । पश्चिम नवलपरासीमा रहेको पाल्हिनन्दन गाउपालिकामा एकीकृत ग्रामीण स्वास्थ्य कार्यक्रम सुचारु भए पछि स्वास्थ्य सेवा प्रभावकारी भएको देखिएको छ । परिवार नियोजन सङ्ग सम्बन्धित इम्प्लान्ट, पाठेघर खस्ने समस्याको पहिचान तथा प्रेषण, किशोर किशोरी मैत्री स्वास्थ्य सेवा, मानसिक स्वास्थ्य सेवा सम्बन्धि तालीम स्वास्थ्यकर्मिले इन्द्रेणी सामाजिक बिकास मञ्चको सहयोगमा लिएकाले स्वास्थ्य सेवामा थप प्रभावकारी आएको पाल्हीनन्दन गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख धर्मजित पटेलले जानकारी दिनु भयो । उहाँ भन्नु हुन्छ(ू हामीले विभिन्न साधन र स्रोतहरुको अभावमा पनि स्वास्थ्य सेवा प्रदान गरिरहेका थियौ अहिले इन्द्रेणी सामाजिक बिकास मञ्च स्वास्थ्य क्षेत्रमा प्रयोग हुने अक्सिजन सिलिन्डर, फ्रीज, इन्भटर, पंखा ,बेड सिट लगाएका अन्य स्वास्थ्य समाग्रीहरु दिएकाले सेवामा थप प्रभावकारिता आएको छ । साथै घरमा आधारित सुत्केरी जाँच, आकस्मिक प्रसूति प्रेषण सेवाले पनि मातृ शिशु स्वास्थ्य कार्यक्रममा थप टेवा पुगेको जानकारी दिनुभयो। इन्देणी सामाजिक बिकास मञ्चको सहयोगमा महिला स्वास्थ्य स्वयंसेविकाको मासिक बैठक प्रभावकारी गराउन खाजा सहयोग भइरहेको र स्वास्थ्य आमा समूहलाई सक्रिय बनाउन पनि प्रभावकारी भूमिका निर्वाह गरेको जानकारी दिनुभयो। हरपुर स्वास्थ्य चौकी र पाल्ही प्राथमिक स्वास्थ्य केन्द्रमा अनुगमन गरिएको इन्देणी सामाजिक बिकास मञ्चका अध्यक्ष बद्री प्रसाद सुबेदीले जानकारी दिनु भयो । अनुगमनमा स्वास्थ्य कार्यलय नवलपरासीका निमित्त प्रमुख कृष्ण प्रसाद पोख्रेल, गैससका जिल्ला अध्यक्ष बालिन्द्र बिक्रम शाही, नेपाल पत्रकार महासङ्गका कोषाध्यक्ष प्रकाश न्यौपाने इन्देणी बिकास मन्चका उपाध्यक्ष कर्दम क्षेत्री इन्देणी सामाजिक बिकास मञ्चका सपना श्रेष्ठ लगायतको उपस्थित रहेको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
जसपा पार्टिको भातृ सगठन जसपा युवा संघ गठन
आमा समुहलाई सचेतना जगाउदै ३ दिवसिय कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com