पद प्रतिष्ठा
गाउँमा अन्तरे दाजै पहिले पहिले गाउँमा कहीँ कतै कार्यक्रम भयाे भने नाच हेर्न हाेस् वा खेल देख्न पुगिहाल्नुहुन्थ्याे।बनेम्पा साँईला खबर पाउने बित्तिकै गाउँकाे कुलाेकाे झिंगे मिटिङदेखि, ठुलाेकाे कागे मिटिङसम्म भ्याईपठाउनुहुन्थ्याे।त्यतिबेला-“आगाे ताप्नु मुढाकाे कुरा सुन्नु बुढाकाे” भन्ने भनाई सबैलाई कण्ठ थ्याे। भलै अलि भुढाे पाकाे भएकाे घरमा प्राय गफ लाउने मान्छे टुट्दैनथे। काँचाेपात बेर्दै पुलुक पुलुक हेर्दै जमानाकाे कथा जाेतेर अनुहारमा हाँसाे पाेतेरै दिन बिताउनुहुन्थ्याे।
समय फेरियाे।गाँउमा केटाकेटीहरू टिभितिर माेबायलतिर पसे। बुढाहरूकाे कुरा सुनिन छाड्याे।लाेककथाहरू लाै कता? भए! लाेप त भए!
युवाहरू लाहुर पसे बाँकि बिदेश हुरहुर पसे।बाँकि शहर पसे।काेही काेही खै कसरी गाउँ बसे?तर बेराेजगार बसेपनि,बिनापद काेही बसेनन्। बस्न पाएनन्।
गाउँबाट युवाहरू निस्केर के भाे?र? गाउमा अनेक पार्टी थियाे। पछि संघ पस्याे,संगठन पस्याे,संस्था पस्याे,समूह बस्याे।गाउँमा जति थिए मान्छे काेही संगठन,समूह र संस्थाविहिन रहेनन्।
काेही बने वन विकास समितिकाे अध्यक्ष ,काेहि बने सालघारी संरक्षण समुहकाे वरिष्ठ सदस्य ।काेही समृद्ध समाज निर्माण गाउँ कमिटीकाे संयाेजक,काेही बगरखाेला बगर नापजाँच समितिकाे प्रवक्ता। उन्नत जातकाे खरेटाे खेति समितिदेखि समुन्नत बातकाे गाेरेटाे निर्माण कमिटीसम्म यहीँ गाउँकाे जनशक्तिले धान्नुपर्याे।
गाँउमा कुलाे निर्माण महासंघ र धुलाे निर्माण समितिबिच कस्काे बरियता कुन? काे ठुलाे काे लुलाे?? भन्ने विषयमा विवाद बढेर आउन थाल्याे।तर कुलाे बढेर आएन।वास्तविक बाख्रापालन कृषि समूह र उन्नत बाेका पालन पसुपालन संस्थाबिच काे सच्चा बाख्रापालक? काे पक्का किसान भन्ने विषयमा धेरैपटक झगडा भयाे।तर साँच्चिकै बाख्रा पालनमा तगडा काेही निस्केनन्।
गाँउमा समूह कति बने कति?? कतै-” केही गरेर देखाउने।” भन्दै समूह खुले।के गरेर देखाए केही देखिएन। कतै -“देखेकाे गर्ने।” भन्दै समूह खुले।पछि कतिबेला अरूले नदेखि सकिए थाहै भएन।गाउँमा विभिन्न शक्तिशाली भनिएका पार्टीको कमिटीहरू बने,तर खै एउटा गतिलाे बस्ने पाटी बनेन।बरू भएका चाैताराहरू बेवारिसे बने। बरू छिमेकिहरू एक अर्काका आहारिसे बने।समितिकाे नाममा ,कमिटिकाे नाममा,पदकाे निहुँमा।
अब एउटा बाटाे खन्नलाई पनि सर्वदलिय बैठक चाहिन थाल्याे।सर्वपक्षिय भेला चाहिन थाल्याे।याे त एकदम राम्रो पक्ष भयाे।छलफल हुनुपर्थ्याे।सल्लाह हुनुपर्थ्याे/ पर्छ।तर कुरा यहाँनीर बिग्रन्थ्याे कि अब त्याे समितिमा कस्काे पद कुन हुने? कस्ले भाग कति पाउने? कस्काे हैसियत कति हुने?? खनिने बाटाेभन्दा लामाे त बनिने समितिकाे निर्माण प्रकृया र खिचातानि लामाे हुन थाल्याे। पदमा/भागमा मिल्नेकाे मुख बन्द भएपनि नमिल्नेकाे समूह फेरि एकजुट भैहाल्ने। प्रखर प्रतिराेध र सशक्त संघर्षको कार्यक्रम थालिहाल्ने। अनि बाटाे बन्नुपर्ने समयमा गाउँमा फाटाे बन्थ्याे।जाे क्रम अहिलेसम्म पनि निरन्तर छ।
गाउँमा सबैलाई समेट्नुपर्ने देखियाे। सबैले मुख्य पद भेट्नुपर्ने देखियाे। त्यसपछि सबैले सबैकाे हितमा साेचेर हाेला नयाँ संरचना र नयाँ पदिय बिभाजन प्रचलनमा ल्याईयाे।गाउँमा सार्वजनिक साैचालय निर्माणका लागि आएकाे एक लाख बजेट फर्च्याैट गर्न देहाय बमाेजिमकाे समावेशी र उन्नत समितिकाे संरचना तयार गरियाे।
“मझुवा छेउटाेल व्यावहारिक अलाैकिक सार्वजनिक साैचालय निर्माण समिती”
-अध्यक्ष:-
-कार्यकारी उपाध्यक्ष:-
-शक्तिशाली संयाेजक:-
-सर्वमान्य निर्देशक:-
-प्रमुख व्यावस्थापक:-
-आधिकारिक प्रवक्ता:-
-मुख्य सचिव:-
-महा सचिव-
-महा उत्प्रेरक:-
-मुख्य काेसाध्यक्ष-
-विशेष काेषाध्यक्ष:-
-सदस्य समन्वय प्रमुख:-
-वरिष्ठ सदस्यहरू:-
-साधारण सदस्यहरू:-
यत्राे तजबिज मिलाएर निर्माण गरिएकाे समितिमा सबेै मुख्य मान्छे सबै प्रमुख पदमा थिए। वरिष्ठ सदस्यहरूले पनि चित्त बुझाए तर साधारण सदस्यहरूले मन दुखाएरै छाेडे।काम गर्दै जाँदा बरियताक्रम र कुर्सिकाे पाेजिसनमा संधै झगडाप परिरह्याे।सर्वशक्तिमान काेहाे? भन्ने विषयमा छेडखानि चलिरह्ययाे।सार्वजनिक साैचालय निर्माण गर्नुपर्ने समितिले सार्वजनिक साेच विलय मात्रै गरे। बहस झगडा गरे। आखिर बजेट सकियाे। साैचालय साेच मात्रै रह्याे। काम बाँकि रह्याे।बनेन। तर खै कसरी बजेट फर्च्याैट भाे।काेही नाप्न आएन,जाेख्न आएन।कसैले मनकाे बह पाेख्न आएन। जान्नेहरू समिति भैहाले,नजान्नेहरू रमिते भैरहे।
सायद यसैकाे छापले। धाेकाकाे रापले यस समितिमा यसाे काेरम पुर्याउन साधारण सदस्य बनाईएका झलकमान काकाले आफ्नै समिति बनाए फरक धारमा।आफैँ १ नम्बर बरियताकाे कार्यकारी अध्यक्ष भएर।”बाख्रा पालनमा क्रान्ति ,किशानहरूलाई शान्ति ।” भन्ने मुल नाराका साथ -“राष्ट्रिय बड्काैँला संकलन तथा प्रवर्द्धन समिति निर्माण” गरे।यस समितिले मेजरेम्पा बाबैलाई पनि २ नम्बर बरियताकाे अध्यक्ष पदमा आसिन हुने अवसर दिलायाे।
यस समितिमा पनि मेजर फाईभमा र उचित पदकाे लिष्टमा नपर्नुभएकाे धनवर्णेम्पा दाजैले विद्राेह गर्दै छुट्टै -” बाँसघारी व्यावस्थापन तथा चाेया भाटा उत्थान समिति” निर्माण गरेर आफुलाई अध्यक्षमा दर्ज गराई छाड्नुभाे। गाँउकाे आमा समूहकाे अध्यक्ष भएर पनि सम्मानित पद नपाएकाे निहूँमा झलकमान काकाकाे खेमाबाट बिद्राेह गर्दै सिरानघरे भाउजुले धनबर्णेम्पा दाजैकाे समूहमा “सर्वमान्य उपाध्यक्ष” सहित महिला बिभाग प्रमुख पड्काउनु भाे।
यी दुवै समुहमा आफूलाई उपेक्षित महसुस गर्नुभएकाे मनेम्पा काकाले आफ्नै टाेलकाे दाजुभाईलाई संगठित गर्नु भाे चाेैध घरधुरी रहेकाे त्याे टाेल उत्थान समितिकाे सचिव पाएपछि झलकमान काकाकाे समूहमा “बैधानिक जागरणकर्ता” पदमा रहनुभएका उथानसिंह दाजै उता छाडेर समाजकाे लागि याेगदान गर्ने अठाेटका साथ बाँस र चाेयाले समृद्धि सम्भव छैन भन्ने विचारसहित यतै गठबन्धन गर्न आउनु भाे र चाैधघरे सचिव पड्काउनु भाे।
यसरी गाउँमा कुलाे समिति,ठुलाे समिति,सानाे समिति,कानाे समिति,रानाे कमिटी,उत्थान प्रतिष्ठान,प्रवर्द्धन मञ्च आदि समुहै समूह,समिति नै समिति बनेपछि समिति पद र समिति नभएकाे काेही भएनन्।तर पद अनुसारकाे “कद” भने कसैले बनाएनन्। अध्यक्षहरूले दक्षता देखाउन सकेनन्।संयाेजकहरू याेजक बन्न सकेनन्। प्रमुखहरूले मुख मात्रै देखाए। प्रवक्ताहरूले भेटेकाे भत्तामात्रै पचाए।गाउँ जस्ताकाे तस्तै रह्याे। विकासले गति लिएन। समितिहरूले मति सुधारेनन्।समितिहरू थापिखाने भाँडाेजस्ताे देखियाे। गाऊँ नाम्ले परेकाे पाँडाेजस्ताे देखियाे।
अहिले फेरिएकाे भनेकाे एउटा संस्कार मात्रै छ।अन्तरे दाजै अहिले लेटर प्याडमा छाप सहितकाे आधिकारिक पत्र आफ्नै नाममा नआएसम्म आगनकै डिलमा अन्तर्राष्ट्रिय स्तरकाे झाँकि प्रस्तुति सहित विशाल साँस्कृतिक कार्यक्रम भएपनि जाँदैनन्।बरू दिनभरि खैनि माडेर घाम तापेर बस्छन्। बनेम्पा साँईला पनि माैखिक निम्तोलाई अमान्य घाेषित गर्न थालिसक्नुभएकाे छ।पत्र संख्या र चलानी नं स्पष्ट उल्लेख गरि स्पष्ट नाम र पद खुलाई प्रेषित पत्रकाे आधारमा मात्रै उहाँको उपस्थिती हुन्छ। नत्र उहाँको घरकाे धुरीमै राष्ट्रिय बैठक राखेपनि उहाँ वास्ता गर्नुहुन्न।
कुरा उहाँहरूकाे मात्रै हैन हर काेही अहिले सजिलै कार्यक्रममा गैदिँदैनन्।बैठकमा उपस्थित भैदिदैनन्।
मुढाकाे आगाे ताप्दैनन्,बुढाकाे कुरामा कान थाप्दैनन्।गाउँमा अहिले कुनै कार्यक्रम भए दर्शकभन्दा बढी अतिथि हुन्छन्।दर्शक भरसक नहुने गरि पदिय जिम्मेवारी लिएकै छन् सबैले।हुन त बिकास र निकासकाे त चिहिलबिहिल छ,तर गाउँमा पद विहिन मान्छे भेटिनु मुस्किल छ।कामभन्दा बढी बैठक हुन्छ। निर्णयभन्दा ठाेक्नुपर्ने ठाउँमा बक्सिङ ठाेकाठाेक हुन्छ।
भावनात्मक कमिटमेन्ट नभई संरचनात्मक कमिटी बनाएर मात्रै के हुने रहेछ र??बनेकाे समितिकाे र बनाकाे निति त नराम्रो नहाेला। किनकि नीति,नारा र घाेषणापत्र कसैले सामान्य बनाउदैन। तर कार्यनिति र नियतमा खाेट आएकाे हाे कि?? मेराे गाउँलाई आधार मानेर यसाे विचार गर्दा।यस्तै क्रमले चलेर जाने हाे भनेत कुनैदिन मलामि जान पनि आफ्नाे खेमा हेरिएला ।समिति सम्झिएला वा स्पष्ट नाम र पद खुलाएर पत्र लेख्नुपर्ला!त्यसैले अब हामिले अलिकति नैतिकता जाेगाउँदै समिति र पदभन्दा माथि हाम्रो मानविय “कद” लाई राखाैँ कि??
०००