About Contact
०५ आश्विन २०८०, शुक्रबार
Close
बिज्ञापन
अदभूत कलाका धनी तानसेन ११ बन्दिपोखराका गहतराज

Darpanpost आइतबार, जेठ १६, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

सन्तोष गहतराज,पाल्पा -झट हेर्दा दुरुस्तै देखिने यी पाल्पाका पर्यटकिय स्थलहरूको कलात्मक रूपमा निर्माण गर्ने व्यक्ति हुन तानसेन नगरपालिका वडा न ११ बन्दिपोखराका अनिल गहतराज । मानिस जन्म हुदा भगवानले एउटा न एउटा क्षमता दिएर जन्म दिनको हुन्छ भन्ने गरिन्छ । कतिपय मानिसहरूले आफुमा भएका सिपलाई प्रदर्शन गरि क्षमताको प्रस्फुटन गर्ने गर्दछन भने कोहिले क्षमता भएर पनि व्यक्त गर्ने अवसरको कमिले गर्दा आफ्नो सीप आफु भित्र नै राख्ने गरेको पाइन्छ ।

त्यस्तै आफु भित्र अदभुत सीप भएर पनि प्रस्फुटन गर्ने अवसर नहुदा आफु भित्रको क्षमता दबिएर रहेको छ । पाल्पा जिल्ला पहाडको रानी हो ।

यहाँ धेरै धार्मिक स्थलहरू रहेका छन । जिल्ला रहेका धार्मिक एवम पर्यटकिय स्थलहरूको दुरूस्तै निर्माण निर्माण अनिल गहतराजले गर्नु भएको छ ।

सानै देखि नै कलात्मक तत्वहरूको निर्माण गर्न,चित्र बनाउन,डिजाइन गर्न मन पराउने गहतराजले सानै देखि मठ मन्दिरहरूलाई कलात्मक रूपमा प्रस्तुत गर्ने गरेको बताउनु भयो । अहिले देशमा कोरोनाको जोखिम उच्च छ । मानिसहरू घरभित्र नै बस्न पर्ने अवस्था रहेको बेला उहाले भने आफुमा रहेको कलालाई सदुपयोग गरि आफ्नै हातले काठको टुक्राहरू जोडेर पाल्पाकका विभिन्न मठमन्दिर एवं दरबारहरूको कलात्मक बस्तुहरू बनाउँदै आउनुभएको छ ।

लकडाउनको खाली समयको सदुपयोग गर्न उहाले पाल्पाको पाल्पा दरबार, रानीमहल, भैरबस्थाबन मन्दिर लगायतका विभिन्न् मठमन्दिर एवं दरबारहरू लगाएत अन्य धार्मिक एवम पर्यटकिय क्षेत्रहरू बनाउदै आएको बताउनु भयो ।

जन्म स्थल तानसेन ११ बन्दिपोखरा भए पनि कर्म थलो प्युठान बनाउदै आउनु भएका गहतराजले हाल सुन काम गर्दै आउनु भएको छ । उहाका अनुसार जस्तो सुकै मठ मन्दिर एवम डिजाइनहरूलाई कलात्मक रूपमा प्रस्तुत गर्न सक्छु भन्ने गहतराजे हाल सम्म दर्जनौं काष्ठका सामाग्रीहरू बनाएको बताउनु भयो ।


अवसर पाएमा अन्य धेरै कलात्मक बस्तुहरू निर्माण गर्न सक्ने गहतराजले बताउनु भयो । हाल उहाले रानी महल,पाल्पा दरबार,भैरवस्थान मन्दिर,रानी महल लगाएतको स्थानहरूलाई काष्ठको रूपमा निर्माण गर्नु भएको छ ।

https://youtu.be/DBm9Br8rOck

सम्बन्धित

ताजा अपडेट
कृष्णनगर नगरपालिकाका शिक्षकहरु आन्दाेलित , माग पुरा नभए सम्म आन्दोलन नराेक्ने
तेस्रो रुरु कालीगण्डकी अन्लाईन तीज नृत्य प्रतियोगिता २०८० को नतिजा सार्वजनिक

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com