काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज दिउँसो १ बजे बस्दै छ । पार्टी कार्यालय सानेपामा बैठकमा पार्टीको १४ औं महाधिवेशनको तयारी र संसद विघटन विरुद्धको आन्दोलनबारे छलफल हुनेछ ।
प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्ने कि अदालतको निर्णय पर्खिने भन्ने अलमलका बीच बस्न लागेको केन्द्रीय समिति बैठकबाट आन्दोलनका थप कार्यक्रम तय गर्नुपर्ने पक्षमा धेरैजसो नेताहरु छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला लगायतका नेताहरु आन्दोलनको पक्षमा छन् ।