About Contact
१६ फाल्गुण २०७७, आइतबार
Close
बिज्ञापन
 लुम्बिनी प्रदेश सभा सदस्य ओलीलाई २५ लाख बिगो भराउने फैसला मानव बेचबिखन मुद्दामा

Darpanpost शुक्रबार, माघ ०२, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

दाङ – जिल्ला अदालत काठमाण्डौले लुम्बिनी प्रदेश सभा सदस्य विमला ओलीलाई मानव बेचबिखन मुद्दामा २५ लाख बिगो भराउने फैसला गरेको छ ।

मानव बेचबिखन मुद्दाका मुख्य व्यक्ति एवम् तत्कालीन लुम्बिनी प्रदेशका प्रदेश सभामा दाङबाट प्रतिनिधित्व गर्ने उत्तरकुमार ओलीको मृत्यु भएकाले उहाँकी श्रीमती एवम् प्रदेश सभा सदस्य विमला ओलीलाई अदालतले बिगो भर्न आदेश दिएको हो ।अदालतले स्वर्गीय ओलीलाई दोषी ठहर गर्दै बिगो भराउन उहाँकी श्रीमतीलाई आदेश दिएको हो ।

मुद्दाका अर्का अभियुक्त दाङको घोराही उपमहानगरपालिका १४ मिलनचोकका टोपबहादुर जिसीलाई दुई वर्ष कैद र १२ लाख रुपैयाँ बिगो भराउने र मतियारको भूमिकामा देखिएका तुलसीपुर निवासी मुकुन्दराज जीसीलाई एक वर्ष कैदको फैसला गरेको छ ।

दाङकै नरेन्द्र बस्नेतले अमेरिका पठाउने बहानामा बेचबिखन गरेको भन्दै मानव बेचबिखन ब्युरो काठमाण्डौ मार्फत काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दर्ता गर्नुभएको थियो ।

 

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
गुल्मीदरबार ६ की मृगौला पिडितको उपचारको लागी आर्थिक अभाव
चालू आर्थिक वर्षको माघ मसान्तसम्म नयाँ विदेशी कामदारको संख्या ३५ दशमलव ६ प्रतिशतले घट्यो

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569/9867000269
Email :[email protected]

[email protected]
Web :- www.darpanpost.com