काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले पार्टीको विधान, उद्देश्य र लक्ष्य विपरीत काम गरेको भन्दै प्रधानमन्त्री ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
समूहले महासचिव पदबाट विष्णुप्रसाद पौडेललाई हटाउने निर्णय गरेको छ ।पौडेललाई पनि पार्टी निर्णय विपरीत गतिविधि गरेको भन्दै कारबाही गर्ने निर्णय गरेको हो