About Contact
१३ माघ २०७७, मंगलबार
Close
बिज्ञापन
भाषा, कला संस्कृति संरक्षणको लागि माघी खिचाडि महोत्सव तथा कार्यक्रम

Darpanpost बुधबार, पौष २९, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

नवलपरासी- थारु जातिको नयाँ वर्षको अवसरमा नवलपरासीमा माघ महोत्सव व्यापक रूपमा मनाईदै छ । माघीको अवसरमा ‘हम्मन भाषा, कला संस्कृति अउर पहिचान, संरक्षण सम्बद्र्धन कैना हम्मनके अभियान’ भन्ने मूल नारासहित माघ महोत्सव भएको छ ।

थारु नयाँ वर्ष २६४५ औ माघीको अवसर पारी माघि महोत्सव मनाउने गरिन्छ अमरौट महिला बचत तथ ऋण सहकरी सस्था लिमिटेडकी अध्यक्ष सिन्दु चौधरीले जानकारी दिनुभयो ।
थारुहरु नै राष्ट्रको मुलवासी भएको र थारु भाषा, संस्कृतिको संरक्षण गर्न कार्यक्रमको आयोजना गरिएको आयोजकले जानकारी दिए ।

रामग्राम नगरपालिका वडा नम्बर १४ डैनहवाको जनता मध्यामिक विद्यालयमा माघी महोत्सव कार्यक्रमको आयोजना गरिएको हो ।


माघी महोत्सव कार्यक्रममा धिकरी, घोङी, पटुसनी, पकौडी ,माछारि ,चिची लगायत पराम्परागत खानाका परिकारका स्टलहरु राखिएको थियोे।


यस्तै थारु भेषभुसाको साथै लठ्ठी नाच् , झम्टा नाच प्रदर्शन एवं संस्कृतिको प्रवद्र्धन, संरक्षण हुने अन्य कार्यक्रमको आयोजना समेत गरिएको थियोे ।
कार्यक्रममा रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र कुमार गुप्ता प्रमुख आतिथ्यता तथा स्थानीय समाजसेबी,शिक्षाप्रेमी , बुद्धिजिबिहरु को उपस्थिति रहेको थियो।
उक्त कार्यक्रम रामग्राम नगरपालिका वडा नम्बर १४ को अर्थिक सहयोग , अमरौट महिला बचत तथ ऋण सहकरी सस्था लिमिटेड तथा संकट मोचन सहकारी सस्था को आयोजनामा सम्पन्न भएको थियोे ।।

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
 महाधिवेशनको तयारी र संसद विघटन विरुद्धको आन्दोलनबारे छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै 
कोभिसिल्ड’ खोप तुलनात्मक रूपमा सुरक्षित भएको भन्दै लगाउन चिकित्सक र खोपविज्ञको आग्रह

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569/9867000269
Email :[email protected]

[email protected]
Web :- www.darpanpost.com