मेष – समय मध्यम रहेको छ । बिनाकारण रिशराग बढेर जानुका साथै आफन्ती संगको कारोबारमा नोक्सानी हुनेछ । दाम्पत्य जिवनमा अरुको प्रवेशले सताउनेछ । यो महिनाका लागी शुभ अकं २ सेतो रगं पश्चिम दिशा शुभ रहेकोछ ।
बृष – आर्थिक पक्ष सबल रहेकोछ भने यात्रा रमाईलो हुनुका साथै मानसम्मानमा भने कमि आउन सक्छ । मावलीको सहयोगमा व्यवसायमा लगानी हुनेछ । शुभ अकं ३ हरियो रगं र पश्चिम दिशा शुभ रहेकोछ ।
मिथुन– शत्रुले सताउने छन् । होसियारीका साथ काम गर्नुहोला , व्यापार व्यवसायमा सामान्य रहेकोछ भने स्वास्थ्यमा समस्या आउन सक्छ । शुभ अकं ४ सेतो रगं पश्चिम दिशा शुभ रहेकोछ ।
कर्कट– शैक्षिक पक्ष राम्रो रहेकोछ । बिनाकारण घरपरिवारमा बिवाद आउन सक्छ , सन्तानको कारण चिन्ता हुनसक्छ । बैदेशिक यात्रा हुनेछ । शुभ अकं ५ रातो रगं र उत्तर दिशा शुभ रहेकोछ ।
सिह – घरपरिवारको कारण आर्थिक नोक्सानी हुनुकासथै बिनाकारण जरिवान दिनुपर्ला , कृषि तथा व्यापारमा लाभ मिल्नेछ । जागिरमा उच्चपद मिल्नेछ । शुभ अकं १ रातो रगं पुर्व दिशा शुभ रहेकोछ ।
कन्या – आफ्नै परिश्रम बाट काम कारोबारमा फाईदा मिल्नेछ । साथीभाईको कामबाट बिवाद आउन सक्छ । स्वास्थ्यमा भने शुधार हुनेछ । सामाजिक कार्यबाट हानी हुनेछ । शुभ अकं ७ सेतो रगं पश्चिम दिशा शुभ रहेकोछ ।
तुला – बैदेशिक कामका लागी परिश्रम गर्नुपर्ला , शुभ समाचार सुन्ने तथा सामाजिक कामका लागी भने सहभागी हुनुपर्नेछ , शुभ अकं ८ रातो रगं उत्तर दिशा शुभ रहेकोछ ।
बृश्चिक– समय उत्तम आएको छ , आर्थिक पक्षमा सुधार हुनुका साथै पारिवारिक सहयोग मिल्नेछ । स्वास्थ्यम भने केहि समस्या आउन सक्छ । शुभ अकं ८ रातो रगं पश्चिम दिशा शुभ रहेकोछ ।
धनु – दाम्पत्य जिवनमा केहि बिवादको कारण आर्थिक पक्षमा कमि महशुस हुनेछ । बैदेशिक यात्रा तथा शैक्षिक पक्षमा भने राम्रो रहेकोछं परिश्रम गरे अनुसार सफलता मिल्नेछ । शुभ अकं ९ पंहेलो रगं पुर्व दिशा शुभ रहेकोछ ।
मकर– आर्थिक सुधार तथा कृषिकार्यामा लाभ मिल्नेछ । मानसम्मान मिल्ने छ भने शंका तथा गलत कार्यमा मन जान सक्छ एवं प्रेमप्रेमीका बिचमा विवाद हुने,छ । शुभ अकं ,७ पंहेलो रगं ,पुर्व दिशा शुभ हुनेछ ।
कुम्भ– कार्यमा व्यस्त हुनुका साथै आटेका कामहरु सम्पन्न हुनेछन् । पेटमा समस्या आउन सक्छ , सल्लाह दिने व्यक्तिहरुले नै धोखादिनेछन् । सन्तोषजनक पारिवारिक सम्बन्ध हुने छ ,शुभ अकं ३, हरियो रगं उत्तर दिशा शुभ हुनेछ ।
मिन – महत्वपुर्ण निर्णयको कारण कार्यमा सफलता मिल्नुकासाथै , पारिवारिक सुख एवं यात्रा रमाईलो हुनेछ । धर्मकर्ममा मन जानेछ । खेलाडीहरुको लागी भने समय उत्तम रहेकोछ । शुभ अंक ८ सेतो रगं पश्चिम दिशा शुभ हुनेछ ।
ज्योतिषी प्रेम प्रसाद पराजुली