About Contact
१३ माघ २०७७, मंगलबार
Close
बिज्ञापन
गुल्मीमा झारफुक गर्न भन्दै धामी कहाँ गएका व्यक्ति मृत अवस्थामा भेटिए

Darpanpost बुधबार, पौष २९, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

गुल्मी । गुल्मीको इस्मा गाउँपालिका ३ दर्लामचौरका रामबहादुर मुखियाको झारफुकका क्रममा तातो फलामले डाम्दा ज्यान गएको भएको छ ।

सदरमुकाम तम्घासमा झारफुक गरी सञ्चो बनाउने बहानामा तातो फलामले डाम्दा ६४ वर्षीय मुखियाको ज्यान गएको हो

मृतक मुखियाका दाइ ३४ वर्षका हुमबहादुर मुखिया र रेसुङ्गा नगरपालिका वडा नम्बर–५, भुवनपानी बस्ने ४० वर्षकी टोपला दमाई घाइते छन् । उनीहरुको अनुहारसहित शरीरका विभिन्न भागमा पोलेको डाम छ ।

मुखिया ढाड दुख्ने समस्या देखिएपछि धामी ३८ वर्षीय रामप्रसाद श्रेष्ठ र शान्तिला श्रेष्ठको घरमा पुगेका थिए ।

तर, उनीहरुले मुखियालाई झारफुक गराएर निको बनाउने बहानामा शरीरभरि आगोले पोलेको पाइएको छ

मुखियाको मृत्यु भएपछि बुधबार बिहान श्रेष्ठ दम्पत्तिले नै अपरिचित व्यक्तिले घरमा अशान्ति मच्चाएको भन्दै प्रहरी कहाँ उजुरी दिएका थिए । त्यसपछि पुगेको प्रहरीले दुवै जनालाई हत्या अभियोगमा पक्राउ गरेको छ ।

घाइतेहरुको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

 

 

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
 महाधिवेशनको तयारी र संसद विघटन विरुद्धको आन्दोलनबारे छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै 
कोभिसिल्ड’ खोप तुलनात्मक रूपमा सुरक्षित भएको भन्दै लगाउन चिकित्सक र खोपविज्ञको आग्रह

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569/9867000269
Email :[email protected]

[email protected]
Web :- www.darpanpost.com