About Contact
१३ माघ २०७७, मंगलबार
Close
बिज्ञापन
बाग्लुङ्ग नगरपालिकाका १४ बर्षिय बालक २० दिनदेखि वेपत्ता, खोजि गरिदिन परिवारजनको अपिल

Darpanpost बुधबार, पौष २९, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

विवश विष्ट,

बुटवल । बाग्लुङ नगरपालिका बाट १४ बर्षिय बालक बीस दिनदेखि बेपत्ता भएका छन् ।

यहि पुस ०९ गते बिहान साढे ११ बजे घरबाट निस्किएका १४ बर्षीया दिपक बिक उर्फ रोशन बि क नामले चिनिने बालक सम्पर्क बिहिन भएको उनकी आमा दुर्गा वि कले जानकारी दिइन ।

उनले भनिन्,”पुस ९ गते बिहान खाना खाएर निस्केको छोरो अहिले सम्म भेटाउन सकेका छैनौं, सम्पर्क मै आएको छैन, नातागोता इष्टमित्र सबैसँग जानकारी गराएर पनि अझै सम्पर्कमा नआएको हुदा हामी चिन्तामा छौँ ।”

२० दिन देखि हराएको छोरो पत्ता लगाउन विभिन्न ठाउँ गयौं, सबैसँग गुहार्यौं तर भेटिएको छैन । पत्ता लाग्छ कि भनेर जिल्ला प्रहरी कार्यालय बाग्लुङ्गमा निवेदन दिएका छौ तर अझै सम्म भेटाउन नसक्दा असाध्यै चिन्तामा रहेको परिवार पक्षले बताएको छ ।

गहुगोरो वर्ण भएको, आकाशे रङ्गको हुट ज्याकेट र जिन्स पाइन्ट लगाएको, चप्पल लगाएर घरबाट निस्किएको १४ बर्षिय बालकको कपाल लामो रहेको उनले बताइन ।

उनको खोजी गरिदिन र फेला पारेमा नजिकको प्रहरी चौकीमा खबर गरिदिन परिवारजनले अपिल गरेका छन् ।

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
 महाधिवेशनको तयारी र संसद विघटन विरुद्धको आन्दोलनबारे छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै 
कोभिसिल्ड’ खोप तुलनात्मक रूपमा सुरक्षित भएको भन्दै लगाउन चिकित्सक र खोपविज्ञको आग्रह

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569/9867000269
Email :[email protected]

[email protected]
Web :- www.darpanpost.com