काठमाण्डौ – नेपालमा पछिल्लो २४ घण्टामा चार सय ४५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । चार हजार एक सय
५४ जनाको पीसीआर परीक्षण भएकोमा चार सय ४५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो
योसँगै कोरोना सङ्क्रमितको कुल सङ्ख्या दुई लाख ६६ हजार एक सय ४३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै गएको २४ घण्टामा चार सय १४ जना कोरोनामुक्त भएका
छन् । योसँगै कोरोनामुक्त हुनेको कुल सङ्ख्या दुई लाख ५९ हजार सात सय ७२ पुगेको छ ।
थप पाँच जना सङ्क्रमितको मृत्यु भएसँगै कोरोना भाइरसको सङ्क्रमणका कारण नेपालमा मृत्यु हुनेको सङ्ख्या एक हजार नौ सय ३७ पुगेको छ ।