About Contact
१३ माघ २०७७, मंगलबार
Close
बिज्ञापन
दर्पण समचारको प्रभाव तानसेन ६ का चन्द्र बहादुर खत्रीलाई युवा सजगता अभियानको आर्थिक सहयोग

Darpanpost बुधबार, पौष २९, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

 सन्तोष गहतराज

पाल्पा । विगत ३ दिन अगाडि दर्पण पोस्टमा समचार प्रकाशन भए पश्चात् तानसेन नगरपालिका वडा न ६ का चन्द्र बहादुर खत्रीलाई आर्थिक सहयोग प्राप्त भएको छ । खत्रीलाई सामाजिक कार्यमा सकृय रहेको सस्था युवाहरूको जमता रहेको सस्था युवा सजगता अभियान पाल्पाले खत्री उपचारमा केही आर्थिक सहयोग पुगोस भनी घरमै पुगरे १० हजार रूपैया सहयोग गरेको हो । चन्द्र बहादुर खत्री विगत ६ बर्ष देखि फोक्सोमा क्यान्सर भएर काम गर्न नसके पछि विस्तारामा पल्टिएका छन । एक छोरा ,एक छोरी र श्रीमती रहेको खत्रीको घरमा आम्दानी गर्ने मानिस नै विरामी परे पछि दैनिक जीवनयापन गर्न तथा उपचार गर्न समेत समस्या परेको छ ।

No description available.

सहयोग रकम हस्तान्तरण गर्दै अभियान पाल्पा जिल्ला संयोजक कृष्ण अर्यालले विगत लामो समय देखि बिरामी रहेका खत्रीको वास्तविक अवस्था बुझ्दा आर्थिक अवस्था कमजोर भएकोले अभियानका सदस्यहरूको सहयोग उपचार गर्न केही सहयोग पुगोस भनी सहयोग उपलब्ध गराएको बताउदै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्वता व्यक्त गर्नु भयो । त्यस्तै सस्थाका सल्लाहाकार सुर्य थापाले खत्रीको आर्थिक अभावले गर्दा उपचार गर्न समस्या रहेकोले आफुहरू सस्थाका कार्यसमिति सदस्यहरूले सहयोग उपल्ध गराएको बताउनु भयो ।

No description available.

त्यस्तै अर्का सल्लाहाकार विधान श्रेष्ठले खत्री उपचारमा केही सहयोग पुगोस भनी सक्दो रकम सहयोग गरेको बताउदै आगामी दिनमा सस्थाले सहयोग गर्न चाहने व्यक्तिहरूलाई खत्री बैंक खाता खोली रकम संकलन गर्ने कार्य पनि सञ्चालन गर्ने बताउनु भयो । यसरी सस्थाले आफुलाई समस्या परेको समयमा घरमा आइ रकम उपलब्ध गराए पछि राहत मिलेको खत्रीले बताउनु भयो । अभियानमा कृष्ण अर्याल,सुर्य थापा,विधान श्रेष्ठ,दम बहादुर सारू,अन्नत पन्थी,नर बहादुर थापा,नमिता श्रेष्ठ,कविर स्टोर,जनसेवा पुस्तक ,सन्दिप गैर,लक्ष्मण भण्डारी,गोपाल अर्याल,शारदा खत्री,सोम ब गहतराज,नारायण पौडेल,शालिकराम न्यौपानेको आर्थिक सहयोग रहेको छ ।

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
 महाधिवेशनको तयारी र संसद विघटन विरुद्धको आन्दोलनबारे छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै 
कोभिसिल्ड’ खोप तुलनात्मक रूपमा सुरक्षित भएको भन्दै लगाउन चिकित्सक र खोपविज्ञको आग्रह

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569/9867000269
Email :[email protected]

[email protected]
Web :- www.darpanpost.com