About Contact
१३ माघ २०७७, मंगलबार
Close
बिज्ञापन
पत्रकार विद्यार्थी संगठन जिल्ला समिति पाल्पाको दोस्रो पुर्ण बैठक सम्पन्न

Darpanpost बुधबार, पौष २९, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

वुटवल-पत्रकार विद्यार्थी संगठन जिल्ला समिति पाल्पाको दोस्रो पुर्ण बैठक सम्पन्न भएको छ
बैठकले किश्मा खड्काको संयोजकत्वमा ११ सदस्यीय प्रथम जिल्ला भेला आयोजक समिति गठन गरेको छ ।
सदस्यहरुमा सोभा सारु,सुजाता थापा,कुल बहादुर दर्लामि,
टेकम थापा,सरिता दर्लामि,लक्ष्मी दर्लामि,विवेक थापा,शंकर कनौजेर सुमन गाहा चयन हुनुभयो ।
साथै बैठकले फागुन १४ गते प्रथम जिल्ला भेला भब्यताका साथ तानसेनमा सम्पन्न गर्ने र्निर्णय समेत गरेको छ ।
बैठकको अध्यक्षता तथा संचालन टेक बहादुर दर्लामिले गर्नु भएको थियोे । बैठकमा संगठनका केन्द्रीय अध्यक्ष मुक्ति गैरेको पनि उपस्थिति रहेको थियोे ।
बैठकमा प्रशिक्षण मुलक मन्तव्य राख्दै गैरेले भारतीय
टेलिभिजन जि टिभीबाट प्रसारित नेपालकोे सगरमाथा भारतले दावि गर्नुपर्छ तथा भारत निर्माणका लागि पत्रकारिता गर्नुपर्छ भन्दै रिपोर्टिङ गर्ने सम्पादक सुधिर चौधरिको न्युज आपत्ति जनक रहेको बताए ।
साथै उनले उक्त टेलिभिजन बाट पटक पटक नेपालको राष्ट्रियता माथि प्रहार हुने भ्रामक र विवादास्पद न्युजहरु प्रसारण भईरहेकोले उक्त टेलिभिजन र पत्रकारहरु लाई नेपाल प्रवेश निषेध र सधाका लागि प्रतिबन्ध लगाउन सरकार संग माग गरे ।
सरकारले त्यस्ता टेलिभिजनलाई प्रधानमन्त्री निवास
मै प्रवेश दिएर अन्तर्वार्ता दिनु र लगत्तै सगरमाथाको बेस क्याम्पबाट उक्त कुराको रिपोर्टिङ लाईभ प्रसारण गरिनु पनि आश्चर्य चकित र रहस्यमय रहेको उनले बताएका छन् ।
त्यसैले त्यस्ता राष्ट्रघातका विरुद्धमा लाग्ने मिडियालाई अन्तर्वार्ता नदिन तथा न्युज प्रसारणमा तुरुन्तै प्रतिबन्ध लगाउन समेत उनले माग गरे ।
उनले आज बिहान एक प्रेस वक्तव्य सार्वजनिक गरि आपत्ति र खेद प्रकट गरेका थिए ।

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
 महाधिवेशनको तयारी र संसद विघटन विरुद्धको आन्दोलनबारे छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै 
कोभिसिल्ड’ खोप तुलनात्मक रूपमा सुरक्षित भएको भन्दै लगाउन चिकित्सक र खोपविज्ञको आग्रह

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569/9867000269
Email :[email protected]

[email protected]
Web :- www.darpanpost.com