काठमाण्डौ – परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली पर्सी भारत भ्रमणमा जानुहुने भएको छ ।
नेपाल–भारत छैठौँ संयुक्त आयोग बैठकमा भाग लिन परराष्ट्रमन्त्री ज्ञवाली तीन दिने भारत भ्रमणमा जान लाग्नुभएको मन्त्रालयले जनाएको छ ।
लामो समयदेखि दुई देशबीच उच्च स्तरीय भेटवार्ता र भ्रमण हुन नसकेको बेला परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
भ्रमणका क्रममा नेपाल–भारत द्विपक्षीय सम्बन्ध, व्यापार, पारवहन, पर्यटन, कृषि, वैदेशिक लगानी, पूर्वाधार विकास, सीमा विवाद, कोरोना विरुद्धको लडाइँ, ऊर्जा लगायतका विषयमा छलफल हुनेछ ।