काठमाण्डौ – नेपालमा पछिल्लो २४ घण्टामा थप ४३० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा तीन सय ९० जना कोरोना सङ्क्रमण मुक्त भएका छन् ।
यो सहीत कोरोना सङ्क्रमण बाट निको हुनेको सङ्ख्या दुई लाख ५९ हजार तीन सय ५८ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ६५ हजार ६ सय ९८ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा पाँच जनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १ हजार ९ सय ३२ पुगेको छ ।