पाल्पा-नेपाल कृषि प्रदान देश हो । नेपालका करिब ८० प्रतिशत मानिसहरू कृषि पेशामा आधारित रहेका छन ।
देशका नागरिकहरू कृषि पेशामा आधारित रहदा रहद पनि व्यवसायी नहुदा भने जति प्रतिफल पाउन सकिएको छैन । तर व्यवसायीक रूपमा गर्ने हो भने थोरै जग्गाबाट पनि धेरै फाइदा लिन सकिन्छ । भन्ने उदहारण बनेका छन
तानसेन १२ लुहुङ्गका मुरारी पौडेल उनले आफ्नो करिब ७ रोपनी जग्गामा ३० लगानी गरि रिटर्नी पशुपन्छी एवम कृषि फर्म दर्ता गरि व्यवसायीक बोयर बाख्रापालनमा लाग्नु भएको छ ।
केही समय पत्रकारिता क्षेत्र र करिब १३ बर्ष बैदेशिक रोजगारीमा बिताएका पाण्डे बिदेशमा गर्ने मेहनत स्वदेशमा पनि गर्न सके सफल हुन सकिन्छ भन्दै अहिले व्यवसायी बोयर बाख्रा पालनमा लागेको बताउनु भयो ।
अहिले उहाको आधुनिक बाख्राको खोर एवम बाख्रा पालन हेर्दा मनमा केही गर्ने उत्सुकता बढदछ ।
अहिले पाण्डेको फर्मा करिब ६० वटा बोयर बाख्राहरू रहेको बताउनु भयो । विहान देखि साझ सम्म आफु प्रत्यक्ष रूपमा खटिने गरेको बताउदै त्यसमा घर परिवारका सदस्यहरूले समेत सहयोग गर्ने गरेको बताउनु भयो ।
शुरूमा १० लाखबाट शुरू गरेको बाख्रा फर्म अहिले सञ्चालन गरेको करिब १ बर्षको समयमा नै कृषकहरूको माग भए अनुसार पाठापाठीहरू उत्पादन गरि पाल्पा,गुल्मी लगाएतको स्थानहरूमा समेत बिक्री वितरण हुने गरेको सञ्चालन पौडेलले बताउनु भयो ।
अहिले देशमा कोरोनाका कारण युवाहरू स्वदेश फर्कि रहेको सन्दर्भमा स्थानीय सरकारले ती युवाहरूलाई स्वरोजगार बनाउन विभिन्न व्यवसायी मुलक कार्यक्रम ल्याएको र तानसेन नगरपालिका पनि नगरपालिकाको मापदण्ड अनुसार बाख्रा पालन गरेमा प्रती बाख्रा ४ हजारको दरले अनुदान दिने कार्यक्रम सञ्चालन गरेको बताउदै ती युवाहरूले स्थानीय सरकार सँग सहकार्य गरि काम गर्न सके आर्थिक लाभ हुने बताउदछन ।
त्यस्तै युवा कृषक पौडेलले अहिले ग्रामीण आर्थिक विकास संघ रेडा पाल्पाले तानसेन १२ लाई बाख्रा पालन पकेट क्षेत्रको रूपमा विकास गर्न खोर निर्माण तथा अन्य प्राविधिक सहयोग उपलब्ध गराएको बताउनु भयो ।
लुहुङ्गमा उधमशिलता युवा समूह गठन गरि बैदेशिक रोजगारीबाट फर्केका युवाहरूलाई उत्प्रेरित स्वरोजगार बनाउन करिब १४ वटा आधुनिक खोरको निर्माण तथा प्राविधिक सहयोग गर्ने काम गरेको बताउनु भयो ।
केही समय अगाडि तानसेन नगरपालिका र रेडाको सहयोगमा गासको बीउ वितरण गरेकोमा अहिले वारि तथा खरियामा सोहि गाँस लगाई बाख्रालाई गासको व्यवस्थापन मिलाएको बताउनु भयो ।
आगामी दिनमा व्यवसाय थप विस्तार गर्ने तथा कुखुरा पालन गर्ने योजनाका साथ अगाडि बढेको बताउनु भयो ।
त्यस्तै कृषक पौडेलले आगामी दिनहरूमा सरकारले युवाहरूलाई स्वरोजगार बनाउने खालका कार्यक्रम ल्याएमा विदेशी ने युवाहरूको दरमा कमि आउने बताउनु भयो ।
त्यस्तै ग्रामीण आर्थिक विकास संघ रेडाका कार्यक्रम प्रमुख लिला कार्कीले हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग ग्रामीण आर्थिक विकास संघ रेडाले तानसेन नगरपालिकाका विभिन्न वडाका महिला तथा युवाहरूलाई स्वरोजगार बनाउन आधुनिक खोरको निर्माण,बाख्रा वितरण, बंगुर पालनमा अनुदानका कार्यक्रमहरू सञ्चालन गरेको बताउनु भयो ।
बिशेष गरि तानसेन ११ ,१२ र १३ मा बाख्रा पालनको सम्भावना क्षेत्र रहेकोले तानसेन नगरपालिका र रेडाको सहकार्यमा सहुलियतमा ऋण प्रदान गर्ने कार्य सञ्चालन भइरहेको बताउनु भयो ।