About Contact
०२ माघ २०७७, शुक्रबार
Close
बिज्ञापन
सियारिको पश्चिम् अमवा स्वास्थ्य चौकिमा कोभिड १९ अस्थायी अस्पताल उदघाटन

Darpanpost मंगलबार, पौष २८, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

तुलसी राम पौडेल ,सियारी-रुपन्देहीको सियारी गाउपालिकाको वाड नम्बर (७ पश्चिम् अमवा स्थित अमवा स्वास्थ्य चौकिमा कोभिड (१९ अस्थायी अस्पतालको उदघाटन भएको छ।
सियारी गाउपालिका वासी तथा छिमेकी स्थानीय निकायका नागरिक समेत उक्त अस्पतालबाट लाभान्वित हुनेछन् ।

कोभिड अस्पताल भनिए पनि कोभिडको साथ साथै नागरिकका स्वास्थ्य सम्बन्धि अन्य प्रमुख समस्याहरू पनि समाधान हुनेछन् ।

उक्त अस्पतालमा एक जना डाक्टर ,दुइ जना स्टाफ नर्स ,बाकी मौजुदा स्वास्थ्यकर्मीहरुबाट स्वास्थ सेवा संचालित गरिने सियारी गाउपालिका स्वास्थ्य शाखा प्रमुख बुद्धि बहादुर घर्तिले जानकारी दिनु भयो ।
सियारी गाउँ पालिका अध्यक्ष अयोध्या थारुले उक्त अस्पतालको उदघाटन गर्नुभएको हो ।
सो अवसरमा बोल्दै उहाले मानिसको जिवनमा स्वास्थ्य नै प्रमुख भएकोले सियारी गाउपालिकाले स्वास्थ्यलाई प्राथमिकतामा राखेको बताउनु भयो ।
रोग लागेर उपचार गर्न भन्दा रोग लाग्ने बाटो रोक्न
सियारी गाउपालिकाले जगत जननी कार्यक्रम ल्याएको बताउनु भयो ।जेष्ठ नागरिक ,गर्भवती तथा सुत्केरी महिलाको गाउपालिकाले निशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको अध्यक्ष अयोध्याले बताउनु भयो ।

सियारीका नागरिकको स्वास्थ्य सेवाको लागि गाउपालिकाले गर्नुपर्ने भुमिकामा गाउपालिका सक्रिय रहने बताउनु भयो ।

सियारी गाउपालिका उपाध्यक्ष अमृता गुरुङले स्वास्थ्यकर्मीहरुले अत्यन्त नम्र व्यबहारबाट नागरिक सग सम्बन्ध राखी मुस्कान सहित स्वास्थ्य सेवा प्रदान गर्न आग्रह गर्नु भयो ।
डा । सागर न्यौपानेले जनमानसमा कोभिड नभएको जस्तो व्यवहार देखिएको छ त्यस प्रती सचेत हुनुपर्ने बताउनु भयो।उहाले भन्नुभयो  कोभिड हराएको छैन स्वास्थ्य सचेतना हुन जरुरी छ ।

हामिले जीवन शैलीमा परिवर्तन ल्याउन सके कोभिड मात्र होइन अन्य रोगहरुले पनि आक्रमण गर्न नसक्ने बताउनु भयो ।

समयमा खाने, समयमा सुत्ने , सन्तुलित भोजन खाने , शरिरलाइ हानिकारक चिजहरु सेवन नगर्ने लगायतका कुराहरू प्रमुख भएकोले यसप्रती सचेतना हुन जरुरी भएको डाक्टर न्यौपानेको भनाइ रहेको छ।

सियारी गाउपालिका प्रमुख प्रशासकिय अधिकृत मिन प्रसाद भट्टराईले नागरिकको स्वास्थ्य सेवाको राम्रो सुविधाको लागि सियारी गाउपालिकाको सहयोगमा कुनै कसर नराख्ने बताउनु भयो ।
सियारी गाउपालिका वाड नम्बर ६ का वडा अध्यक्ष शेर बहादुर गुरुङले मुस्कान सहितको स्वास्थ्य सेवा प्रदान हुनुपर्नेमा जोड दिनु भयो ।कार्यक्रममा गाउपालिका अन्तरगतका जनप्रतिनिधिहरु ,स्वास्थ्य सस्था प्रमुखहरु , स्वास्थ्य कर्मी ,स्थानीय सरोकार वालाहरु लगायतको उपस्थिति रहेको थियोे ।
अमवा स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष तथा सियारी गाउपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सरोज अधिकारिको अध्यक्षता, सियारी गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारुको प्रमुख आतिथ्यता, उपाध्यक्ष अमृता गुरुङ ,डा । सागर न्यौपाने को विशिस्ट आतिथ्यता, गाउपालिका प्रमुख प्रशासकीय अधिकृत मिनप्रसाद भट्टराई ,लेखा अधिकृत नारायण प्रसाद पौडेल लगायतको आतिथ्यमा, अमवा स्वास्थ्य चौकी व्यवस्थापन समिती सदस्य चिरञ्जीवी अधिकारिको स्वागत मन्तव्य ,स्वास्थ्य शाखा प्रमुख बुद्धि बहादुर घर्तीबाट कोभिड अस्पताल सम्बन्धि जानकारी रहेकोे कार्यक्रमको संचालन अमवा स्वास्थ्यचौकी प्रमुख लक्ष्मी घिमिरेले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
शुद्धोधन जेसिज वर्ष२०२१मा पौडेल सर्वसम्मतले निर्वाचित
 लुम्बिनी प्रदेश सभा सदस्य ओलीलाई २५ लाख बिगो भराउने फैसला मानव बेचबिखन मुद्दामा

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569/9867000269
Email :[email protected]

[email protected]
Web :- www.darpanpost.com