About Contact
१३ माघ २०७७, मंगलबार
Close
बिज्ञापन
कोभिड–१९ विरुद्धको खोप व्यवस्थापन गरी योजनाबद्ध वितरण गर्न सरकारलाई निर्देशन

Darpanpost मंगलबार, पौष २८, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं -राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले कोरोना भाइरस ९कोभिड–१९० को ‘सेकेन्ड वेभ’ आउन सक्ने अवस्थालाई मध्यनजर गरी थप सतर्कता अपनाउन र स्वास्थ्य सुरक्षा कायम गर्न सरकारलाई निर्देशन दिएको छ।

कोरोनाको सेकेन्ड वेभ पहिलेको भन्दा ७० प्रतिशत संक्रामक हुन सक्ने र विश्वका धेरै देशमा फैलिने क्रममा रहेकाले यसलाई समयमै रोकथाम गर्न विशेष सतर्कता अपनाउनुपर्ने विज्ञहरूको सुझाव आइरहेपछि समितिले यस्तो निर्देशन दिएको हो।

समितिको सोमबार बसेको बैठकले कोभिड–१९ विरुद्धको खोप व्यवस्थापन गरी योजनाबद्ध वितरण गर्न पनि सरकारलाई निर्देशन दिएको छ। खोप वितरण कार्य गर्न संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारबीच तत्काल समन्वय गरी आवश्यक प्रक्रिया अगाडि बढाउन भनिएको छ।

समितिले सम्पूर्ण नागरिकलाई खोप उपलब्ध गराउनेगरी छिमेकी मुलुकलगायत अन्य मुलुकका सरकार तथा विभिन्न खोप निर्माता कम्पनीसँग सम्पर्क तथा समन्वय गरी खरिद सम्झौता, अग्रिम बुकिङलगायत प्रक्रिया अगाडि बढाई यथाशीघ्र खोप उपलब्ध गराउन निर्देशन दिएको छ।

कोरोनाविरुद्धको खोपको उपलब्धता, त्यसको प्रभावकारिता, मूल्य, निःशुल्क प्राप्त गर्न सक्ने अवस्था, भण्डारणका लागि आवश्यक तापक्रमजस्ता पक्षको अध्ययन गर्न समितिले सरकारलाई भनेको छ।

यो समाचार आजको नागरिक दैनिकमा छ ।

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
 महाधिवेशनको तयारी र संसद विघटन विरुद्धको आन्दोलनबारे छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै 
कोभिसिल्ड’ खोप तुलनात्मक रूपमा सुरक्षित भएको भन्दै लगाउन चिकित्सक र खोपविज्ञको आग्रह

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569/9867000269
Email :[email protected]

[email protected]
Web :- www.darpanpost.com