About Contact
१३ माघ २०७७, मंगलबार
Close
बिज्ञापन
दाहाल नेपालको पद लोलुपताका कारण पार्टी गम्भीर मोडमा पुगेको मुख्यमन्त्री  पोखरेलको दाबी 

Darpanpost सोमबार, पौष २७, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

नेपालगन्ज — लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पुष्पकमल दाहाल र माधवकुमार नेपालले पार्टी र सरकार लाई संकट तर्फ धकेलेपछि नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको दाबी गरेका छन् ।
उनले दाहाल नेपालको पद लोलुपताका कारण पार्टी गम्भीर मोडमा पुगेको बताए ।
सोमबार बाँकेको खजुरामा आयोजित आफ्ना पक्षका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै उनले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री भइसकेका दाहाल, नेपाल र अर्का नेता झलनाथ खनालका गतिविधिका कारण नेकपामा संकट आएको आरोप लगाए ।
उनले नेकपाबाट अझै पनि कसैलाई नहटाएको जनाए । तर, दाहाल नेपाल पक्षले भने आफैं पार्टी फुटेको घोषणा गरी विभिन्न गतिविधि गरेको बताए ।
पछिल्लो समय बाँकेमा प्रधानमन्त्री ओली र दाहाल नेपाल पक्षले विभिन्न कार्यक्रमहरु आयोजना गरी कार्यकर्ता तान्ने प्रयास गरिरहेका छन् ।
मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधिसभा विघटन संवैधानिक रहेको दाबी गरे ।

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
 महाधिवेशनको तयारी र संसद विघटन विरुद्धको आन्दोलनबारे छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै 
कोभिसिल्ड’ खोप तुलनात्मक रूपमा सुरक्षित भएको भन्दै लगाउन चिकित्सक र खोपविज्ञको आग्रह

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569/9867000269
Email :[email protected]

[email protected]
Web :- www.darpanpost.com