काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व गोलकिपर लोकबहादुर शाहीको ६५ वर्षको उमेरमा निधन भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वमहासचिव समेत रहेका शाहीको दैलेखमा निधन भएको हो
शाहीको विभिन्न अंगमा समस्या देखिएको थियो ।
शाही नेपाली फुटबलले पाएको उत्कृष्ट गोलकिपर मध्ये एक हुन् ।
उनले ८० को दशकमा नेपाली टोलीबाट खेलेका थिए ।
पछि उनी नेपाली फुटबलको प्रशासन र व्यवस्थापकको रुपमा रहेरसमेत काम गरका थीए े ।
नेपालले सन् १९८४ मा साफ फुटबलको स्वर्ण पदक जित्दा शाही त्यसको सदस्य थिए । पछि उनी एन्फाको महासचिवसम्म बने ।
उनले सन् १९८२ देखि १९८९ सम्म नेपालको राष्ट्रिय टिमबाट खेलेका थिए ।
उनी नेपाल आइस हक्की संघका संस्थापक अध्यक्षसमेत हुन् ।
उनको पुर्ख्यौली घर दैलेखमै उनको अन्तिम संस्कार गरिने भएको छ ।