अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध महाभियोग दर्ता हुन सक्ने संकेत देखिएको छ ।
तल्लो सदनकी सभामुख नान्सी पेलोसीले ट्रम्पले राजीनामा नदिए वा उपराष्ट्रपतिले संविधानको २५ औं संशोधन
बमोजिम राष्ट्रपतिलाई बर्खास्त नगरे डेमोक्र्याट्सले राष्ट्रपति विरुद्ध महाभियोग ल्याउने चेतावानी दिनुभएको छ ।
डेमोक्र्याट्सका एक वरिष्ठ नेताले अमेरिकी प्रतिनिधिसभामा महाअभियोग दर्ता हुन सक्ने र महाअभियोग माथि मंगलबार नै मतदान समेत हुन सक्ने बताएका बीबीसीले जनाएको छ ।
ट्रम्पको उक्साहटमा संसदमा आक्रमण भएको जनाउँदै
डेमोक्र्याट्स पार्टीले राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोग लगाउने तयारी गरेका हुन् ।
यसैबीच अमेरिकी उपराष्ट्रपति माइक पेन्स आउँदो जनवरी २० मा हुने जो बाइडेनको सपथ ग्रहण समारोहमा उपस्थित हुनुहुने भएको छ ।