नवलपरासी । नवलपरासीको सुनवल नगरपालिका १० गैंडाखाल स्थित तमू समाजको आयोजनामा पौष ५ गतेदेखि संचालित स्व।नरमति तथा स्व।रुक बहादुर स्मृतीमा खुल्ला फुटबल प्रतियोगिता आइतबार फाइनल खेल सम्पन्न भएको भएको छ ।
आइतबार तमू परिवार गैंडाखाल भर्सेस फोर ब्रदरश मगरमुडा बीच भएको अन्तिम फाइनल खेलमा तमु परिवार गैंडाखालले ट्राइब्रेकरमा चारका विरुद्ध पाच गोलको अन्तरले भर्सेस फोर ब्रदरश फुटबल क्लब लाई पराजित गरेको छ।
निर्धारित समयमा दुबै पक्षबाट कुनै गोल नभएपछि खेल ट्राइब्रेकरमा परिणत भएको थियो । बिजेता तमु परिवारले नगद ७० हजार रुपैया ,मेडल, प्रमाणपत्र प्राप्त गरे भने उप बिजेता फोर ब्रदरश फुटबल क्लब मगरमुडाले नगद ४० हजार रुपैयाँ ,मेडल प्रमाणपत्र प्राप्त गरेका छन् ।
त्यसै गरि सर्वोउतकृष्ट खेलाडी तमु परिवारका साबी गुरुङ , उत्कृष्ट खेलाडी फोर ब्रदरशका जय गुरुङ घोषित भएका छन् ।
तमु समाजक अध्यक्ष लाल वहादुर गुरुङको अध्यक्षता, सुनवल नगरपालिका नगरप्रमुख भिम बहादुर थापा को प्रमुख आतिथ्यता , नेपाली काङ्ग्रेसका नगरसभापति सोम वहादुर रायमाझी, नेपाली काङ्ग्रेसका वडा न १० सभापति जित बहादुर पुन , समाजसेवि, राजनितिक दलका प्रतिनिधि, पत्रकार लगाएतको उपस्थित रहेको कार्यक्रममा संचालन दिपक पाण्डे ले गर्नुभएको थियो ।