काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको सम्बन्ध नबिग्रिएको दाबी गर्नुभएको छ ।
आज राष्ट्रिय सभालाई सम्बोधन गर्दै उहाँले आफूले भारतसँग समदूरीको सम्बन्ध चाहेको स्पष्ट पार्नुभएको छ ।
भारत सँगको सम्बन्धका बारेमा आफ्ना पालामा विभिन्न काम भएकाले छलफल र बहस हुनेगरेको प्रधानमन्त्री ओलीको दाबी छ ।
प्रधानमन्त्री ओलीले देश निर्वाचन तर्फ उन्मुख भएको समेत बताउनुभएको छ । आफूले ५ वर्ष सरकार टिकोस् भन्ने चाहेको तर आफ्नै पार्टीका नेताहरुले देशलाई अस्थिरतामा लैजाने प्रयास गरेको ओलीको आरोप छ ।