About Contact
१३ माघ २०७७, मंगलबार
Close
बिज्ञापन
मदानेमा कृषि तथा पशुपंक्षी प्रदर्शनी मेला सम्पन्न ।

Darpanpost शनिबार, पौष २५, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

विवश विष्ट
मदाने, गुल्मी । मदाने गाउँपालिकामा कृषि प्रदर्शनी गरिएको छ । मदाने गाउँपालिका गुल्मीको आयोजनामा गाउँपालिका स्तरीय कृषि तथा पशुपंक्षी मेला प्रदर्शनी २०७७ गरिएको हो ।

शनिबार पुर्कोटदह स्थित जनज्योति माविको प्राङ्गणमा कृषि तथा पशुपंक्षी प्रदर्शनी कार्यक्रम गरिएको छ । प्रदर्शनी मेलामा विभिन्न वडाहरुबाट सहभागी रहेको थियो । जसमा विभिन्न स्टलहरु राखी प्रदर्शन गरिएको थियो ।

कृषि ज्ञान केन्द्र गुल्मी र पृथ्वी मा वि को सह आयोजनामा भएको प्रदर्शनी मेलामा विभिन्न कृषकहरुले आआफ्नो बाली तथा पशु पंक्षीहरुको प्रदर्शन गरेका थिए । जसमा खाद्यान्न बाली, नगदे बाली, फलफुल बाली, तरकारी बाली, माहुरी, आलु, गाई, भैसी, बाख्रा, भेडा, बंगुर, कुखुरा, हाँस, कालिज, टर्की, माछा लगायतका विभिन्न कृषि तथा पशुपंक्षीको प्रदर्शन भएको गाउँपालिकाले जनाएको छ ।

कृषि तथा पशुपंक्षी प्रदर्शनी कार्यक्रममा १९५ कृषकको उपस्थितमा १९५ स्टल रहेको थियो । जसमा प्रथम १९ जना कृषकहरु, दोस्रोमा १९ जना कृषकहरु र तृतियमा १९ जना कृषकहरु भएका छन । उत्कृष्ट कृषकहरुलाई नगद रु १५००र१५०० र प्रमाणपत्र प्रदान गरिएको कृषि शाखा मदाने गाउँपालिकाले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
 महाधिवेशनको तयारी र संसद विघटन विरुद्धको आन्दोलनबारे छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै 
कोभिसिल्ड’ खोप तुलनात्मक रूपमा सुरक्षित भएको भन्दै लगाउन चिकित्सक र खोपविज्ञको आग्रह

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569/9867000269
Email :[email protected]

[email protected]
Web :- www.darpanpost.com