About Contact
१३ माघ २०७७, मंगलबार
Close
बिज्ञापन
फर्साटिकर कपको उपाधी फुलबारी गाइजलाई

Darpanpost शनिबार, पौष २५, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

अर्जुन खत्री फर्साटिकर रुपन्देही -रुपन्देहीको फर्साटिकरमा जारी शुद्दोधन गाउपालिका आठौ फर्साटिकर कप २०७७ को उपाधी फुलबारी गाइज बुटवल जितेको छ।

शनिबार सम्पन्न फाइनल खेलमा सेन्ट्रल कलेज बिएफसी चितवनलाई ट्राइबेकरमा ४ का विरुद्ध ५ गोल गर्दै फुलबारी गाइज विजय हासिल गर्न सफल भएको हो।
निर्धारण समयमा दुबै टोलिबाट दुई दुई गोल भएको थियो ।

निर्धारण समयावधिमा समान दुई दुई गरेपछि खेल ट्राइबेकरमा परिणत भएको थियोे ।यो सङ्गै फुलबारी गाइज विजयी हुँदै नगद रु।२ लाख कप,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता हुँदै सेन्ट्रल कलेज बिएफसी चितवनले नगद १ लाख कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
शनिबारको फाइनल खेलको फुलबारी गाइजका सरद क्षेत्री म्यान अफ द म्याच घोषित भएका छन।सर्वोकृष्ट खेलाडीको उपाधी फुलबारी गाइज जितेश गुरुङ जित्दै नगद रु १० हजार रुपैया प्राप्त गरे।
यस्तै उदयमान खेलाडि चादनी युवा क्लबका दिपेश परियार, उत्कृष्ट गोलकिपर फुपबारी गाइजका अमानक सेक, उत्कृष्ट रक्षक फुलबारी गाइजका अनिश तामाङ,
सर्वाधिक गोलकर्ता बिएफसी चितवनका जोन ग्लोरी हुँदै समान ५ हजार प्राप्त गरे।विजेता टिम तथा खेलाडीहरुलाई शुद्धोधन गाउँपालिका अध्यक्ष किसुनचन्द चौधरी, शुद्धोधन वडा न।६ का अध्यक्ष जयशंकर पाठक,फर्साटिकर युवा क्लबका अध्यक्ष मुकेश कुवरले पुरस्कार प्रदान गरेका थिए ।
फर्साटिकर युवा क्लको आयोजना तथा शुद्धोधन गाउँपालिकाको मुख्य प्रायोजक रहेको प्रतियोगिता पुस १०गतेबाट सुरु भएको थियो ।
सभापन समारोह आयोजक क्लबका अध्यक्ष मुकेश कुवरको अध्यक्षता ,शुद्धोधन गाउँपालिका अध्यक्ष किसुनचन्द चौधरीको प्रमुख आतिथ्यता तथा क्लब उपाध्यक्ष अर्जुन क्षेत्रीको स्वागत तथा सल्लाहकार एंव आजिवन सदस्य मित्रबन्दु गौडेलको सञ्चालनमा सम्पन्न भएको थियो।

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
 महाधिवेशनको तयारी र संसद विघटन विरुद्धको आन्दोलनबारे छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै 
कोभिसिल्ड’ खोप तुलनात्मक रूपमा सुरक्षित भएको भन्दै लगाउन चिकित्सक र खोपविज्ञको आग्रह

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569/9867000269
Email :[email protected]

[email protected]
Web :- www.darpanpost.com