काठमाडौं । वरिष्ठ गीतकार भैरवनाथ रिमाल ‘कदम’को शनिबार बिहान निधन भएको छ ।
१९९३ माघ २० गते ठमेलमा जन्मिएका रिमाल कवि एवं गीतकारका रूपमा चर्चित छन् ।
नारायण गोपालले स्वर दिएको ‘जुन फूल मैले चाहेको थिए’, अरुणा लामाले स्वर दिएको ‘उदास मेरो प्रेम कथा’ लगायत उनका थुप्रै गीत लोकप्रिय छन्।
रिमालले ५०० भन्दा धेरै गीतको रचना गरेका छन्।