इण्डोनेसियाको राजधानी जाकार्ताबाट ५० जना यात्रु बोकेर उडेको एउटा जहाज सम्पर्कविहीन भएको छ ।
अधिकारीहरुका अनुसार श्रीविजया एयरको बोइङ ७३७ वेष्ट कलिमनतन प्रान्तको आकासमा सम्पर्कबिहीन भएको हो ।
इण्डोनेसियाको यातायात मन्त्रालयले जहाजको खोजी भइरहेको बताएको खबरमा उल्लेख छ ।
यो विमान एक मिनेटभन्दा पनि कम समयमा १० हजार फिट तल आएको थियो ।