About Contact
१३ माघ २०७७, मंगलबार
Close
बिज्ञापन
माघ पहिलो सातादेखि सुरु हुने प्रधानमन्त्री कपको लागि प्रदेश १ को प्रारम्भिक टोली घोषणा

Darpanpost शनिबार, पौष २५, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं । आगामी माघ पहिलो सातादेखि सुरु हुने प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि प्रदेश नम्बर १ ले प्रारम्भिक टोली छनोट गरेको छ ।
प्रदेश १ क्रिकेट संघले शनिवार २२ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो । जसमा राष्ट्रिय टिमबाट खलिसकेका सिद्धान्त लोहनी लगायत खेलाडी छन् ।
प्रदेश १ क्रिकेट संघका सचिव मनोज कटुवालले जारी गरेको विज्ञप्तीमा प्रारम्भिक टोलीलाई तीन दिन क्याम्प राखेर अन्तिम १४ सदस्यीय टोली घोषणा गर्ने जनाएको छ ।
सात प्रदेश र तीन विभागीय सहित कूल १० टोलीले प्रतियोगितामा प्रतिस्पर्धा गर्दै छन् ।
जहाँ प्रदेश १ समूह ए मा रहेको छ ।
यस समूहमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफका साथै गण्डकी र कर्णाली प्रदेश छन् ।
प्रदेश १ ले पहिलो खेल माघ ३ गते एपीएफसँग टीयू मैदानमा
खेल्नेछ ।
पीएम कप पुरुष क्रिकेट प्रतियोगिता माघ २ गतेदेखि काठमाडौंको टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुनेछ ।

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
 महाधिवेशनको तयारी र संसद विघटन विरुद्धको आन्दोलनबारे छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै 
कोभिसिल्ड’ खोप तुलनात्मक रूपमा सुरक्षित भएको भन्दै लगाउन चिकित्सक र खोपविज्ञको आग्रह

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569/9867000269
Email :[email protected]

[email protected]
Web :- www.darpanpost.com