भारतको एउटा अस्पतालमा आगलागी हुँदा १० जना नवजात शिशुको मृत्यु भएको छ ।
महाराष्ट्रको भण्डारा जिल्ला अस्पतालमा भएको आगलागीमा परेर एक महिना देखि तीन महिना उमेर भएका १० जना बालबालिकाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
विद्युत सट भएर आगलागी भएको आशंका गरिएको भए पनि आगलागीको कारण नखुलेको महाराष्ट्र प्रहरीले जनाएको छ ।
आगलागी पछि केही शिशुको जलेर र धेरैजसोको धुवाँमा निसास्सिएर मृत्यु भएको अस्पतालले जनाएको छ ।
बिहान दुई बजेतिर अस्पतालको शिशु स्याहार केन्द्रमा आगलागी भएको र त्यहाँबाट सात जना शिशुको भने सकुशल उद्धार भएको खबरमा उल्लेख छ ।