About Contact
०३ माघ २०७७, शनिबार
Close
बिज्ञापन
भारतको एउटा अस्पतालमा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु

Darpanpost शनिबार, पौष २५, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

भारतको एउटा अस्पतालमा आगलागी हुँदा १० जना नवजात शिशुको मृत्यु भएको छ ।
महाराष्ट्रको भण्डारा जिल्ला अस्पतालमा भएको आगलागीमा परेर एक महिना देखि तीन महिना उमेर भएका १० जना बालबालिकाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
विद्युत सट भएर आगलागी भएको आशंका गरिएको भए पनि आगलागीको कारण नखुलेको महाराष्ट्र प्रहरीले जनाएको छ ।
आगलागी पछि केही शिशुको जलेर र धेरैजसोको धुवाँमा निसास्सिएर मृत्यु भएको अस्पतालले जनाएको छ ।

बिहान दुई बजेतिर अस्पतालको शिशु स्याहार केन्द्रमा आगलागी भएको र त्यहाँबाट सात जना शिशुको भने सकुशल उद्धार भएको खबरमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
शुद्धोधन जेसिज वर्ष२०२१मा पौडेल सर्वसम्मतले निर्वाचित
 लुम्बिनी प्रदेश सभा सदस्य ओलीलाई २५ लाख बिगो भराउने फैसला मानव बेचबिखन मुद्दामा

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569/9867000269
Email :[email protected]

[email protected]
Web :- www.darpanpost.com