About Contact
०२ माघ २०७७, शुक्रबार
Close
बिज्ञापन
युटुब ट्रेडिङ १ मा सचिन परियारको ओठ खोलेर

Darpanpost बुधबार, पौष २२, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

अर्जुन खत्री बुटवल-अहिले सामाजिक सञ्जाल ,युट्युब ,टिकटकमा भाइरल गुल्मीका ९ वर्षीय सचिन परियारको पहिलो गित ओठ खोलेर नेपालको युट्युब ट्रेडिङको शिर्ष स्थान अर्थात ट्रेडिङ एकमा परेको छ।

तीन दिन अगाडि सार्वजनिक भएको गीतले  यो खबर तयार पार्दा सम्म १६ लाख २८ हजार भन्दा बढी ‘भ्युअर्स’ पाएको छ ।

यस्तै गीतमा अहिलेसम्म १ लाख ६ हजार लाइक , ५ हजार५ सय भन्दा बढी कमेन्ट र ३ हजार १ सय डिसलाइक पाएको छ।

“ओठ खोलेर”बोलको गीतमा सचिन परियार सङ्गै अर्की भाईरल लाईभ दोहोरि बाल गायिका रबिना बस्याल,गायक अर्जुन कुवर र अश्मिता बुढाथोकीको स्वर रहेको छ।
गणेश अधिकारीको शब्द सृजना रहेको उक्त गीतको संगीत तथा एरेन्ज महेन्द्र भण्डारीको रहेको छ।

गुरुआमा स्मिृति तिमिल्सिनाको निर्देशन रहेको गीतमा करिश्मा ढकाल, एलिना रायमाझी,अर्जुन कुवर र सबिन क्षेत्री लगायतका कलाकारको अभिनय रहेको छ भने साथमा बाल कलाकार सचिन परियार र रबिना बस्यालको पनि अभिनय देख्न पाइन्छ।

सविन क्षेत्रीले लगानी गरेको गीतमा सुरेन्द्र श्रेष्ठको छायांकन ,प्रकाश धमलाको सम्पादन रहेको छ।

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
शुद्धोधन जेसिज वर्ष२०२१मा पौडेल सर्वसम्मतले निर्वाचित
 लुम्बिनी प्रदेश सभा सदस्य ओलीलाई २५ लाख बिगो भराउने फैसला मानव बेचबिखन मुद्दामा

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569/9867000269
Email :[email protected]

[email protected]
Web :- www.darpanpost.com