About Contact
०३ माघ २०७७, शनिबार
Close
बिज्ञापन
झरही नदीमा अबैध उत्खनन गरिरहेको २ वटा ट्याक्टर नियन्त्रणमा

Darpanpost सोमबार, पौष २०, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

परासी । जिल्ला समन्वय समिति नवलपरासीले झरही खोलाबाट अबैध उत्खनन गरिरहेको २ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ। जिल्लाको पाल्हिनन्दन गाउँपालिका ३ स्थित झरही नदिमा बालुवा भस्कटको चोरिनिकासी भैरहेको जनगुनासो बढेपछी समन्वय समितिले अनुगमनको क्रममा बालुवा र भस्कट लोड गरिरहेको २ ट्याक्टर नियन्त्रणमा लिएको हो।

जिल्ला समन्वय समिति प्रमुख शिव शंकर रायको नेतृत्वमा अनुगमनमा पुगेका अनुगमन टोलीले नदिमा अबैध उत्खनन गरिरहेको लु४त ५०३६ नम्बरको सोनालिका ट्याक्टर र लु३त ८३११ नम्बरको पावरट्रेक बालुवा-भस्कट लोडेड ट्रली सहित नियन्त्रणमा लिइ आवस्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय बुझाइएको समन्वय प्रमुख रायले जानकारी दिनु भयो।

उक्त खोलाको बैधानिक तरिकाबाट ठेक्का पट्टा नभएको र स्थानीय ब्यपारीहरु व्यापक रुपमा नदीमा अबैध उत्खनन गरिरहेको पाइएपछि समन्वय समितीले अनुगमनमा तिब्रता दिएको प्रमुख रायले बताउनु भय। नियन्त्रणमा लिइएका ट्याक्टरहरुलाइ पाल्हिनन्दन गाउँपालिकाद्वारा निर्धारित जरिवाना १५०००० हजार तिराउने र बालुवा-भस्कट जफत गर्ने प्रमुख रायले जानकारी दिनु भयो। उक्त खोलाको टेन्डर वडा नम्बर ३ बाट भइ पट्टा समेत उठी उत्खनन भैरहेको कुरा सुन्नमा आएको हुन्दा उक्त टेन्डर वडाले गर्ने अधिकार नरहेको र सो बिषयमा थप अनुसन्धान भैरहेको गाउँपालिकाले जनाएको छ। नन्दन पोष्टबाट

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
शुद्धोधन जेसिज वर्ष२०२१मा पौडेल सर्वसम्मतले निर्वाचित
 लुम्बिनी प्रदेश सभा सदस्य ओलीलाई २५ लाख बिगो भराउने फैसला मानव बेचबिखन मुद्दामा

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569/9867000269
Email :[email protected]

[email protected]
Web :- www.darpanpost.com