मिति २०७७ साल पुस महिनाको २० गते सोमबार
मेष — समय उत्तम रहेको छ । साथीहरुको साथले काम बन्नेछ । स्वास्थ्यमा भने केहि समस्या आउन सक्छ । सन्तानको कारण दिनभरि थकान हुनेछ ।
बृष— रमाईलो यात्रा हुनेछ । शिक्षामा प्रगति हुनेछ , बैदेशिक यात्रामा भने कठिनाईहरु आउनेछ , परिवारको कारण बिवादमा पर्ने योग रहेको छ ।
मिथुन — कार्यमा सफलता मिल्नेछ , पे्रम प्रसंगमा पर्ने तथा सामाजिक कार्यमा अग्रसर हुने अवसर मिल्नेछ । पेट सम्बन्धी केहि समस्या आउनेछ ।
कर्कट — मान प्रतिष्ठामा आच आउने हुँदा साथीभाइहरु संग होसियार हु्नुहोला , कृषिकार्यबाट भने फाईदा हुनेछ । बेला बेलामा मनमा खिन्नता हुनेछ ।
सिहं — रोकिएका कामहरु बन्ने देखिन्छ तर समय भने लाग्नेछ । सवारी साधनबाट होसियारी हुनुहोला चोटपटक लाग्न सक्छ । हाडजोर्नीको समस्या आउन सक्छ ।
कन्या — आर्थिक प्रगति हुनेछ । मान हानी हुन सक्छ , धार्मिक कार्यमा अग्रसरता तथा सन्तानको मायाले दिनभरि मस्त हुने योग रहेको देखिन्छ ।
तुला —व्यापारमा केहि कठिनाईहरु आएता पनि समाधान हुनेछ , आर्थिक पिरचिन्ताले दिन भरि मनमा त्रास आउनुको साथै बोलीको भरमा कार्यमा सफलता हुनेछ ।
बृश्चिक— परिवारले तपाईको खिल्ली उडाउने देखिन्छ । परिश्रम गरे अनुसारको सफलता हुनेछ । शिक्षाको लागी भने सामान्य रहेकोछ ।
धनु — योजनाहरु धेरै बनाउने योग रहेकोछ । साथीहरुले धोखा दिने हुँदा टाढा रहि कार्य सम्पन्न गर्दा राम्रो हुनेछ । अलि अलि रिश तथा त्रास आउनेछ ।
मकर — कार्यको व्यस्तताले सन्तान तथा आफन्तीहरुको भनाई सुन्नुपर्ने देखिन्छ । स्वास्थ्यमा केहि समस्या हुनेछ । व्यापारको माध्यमबाट आर्थिक प्रगति हुनेछ ।
कुम्भ —शत्रुले सताउने हुदाँ विचार गर्नुहोला , रचनात्मककार्यमा व्यस्तहुनुहोला तर आर्थिककठिनाइहरु आउनेछन् ।, वुद्धि ,विचारले कार्य सम्पन्नहुनेछ ।
मिन— परिश्रम गरे अनुसार फलमिल्ने छ । उचित निर्णयको कारण व्यापारमा फाइदा मिल्नेछ । ,जग्गा जमिनको कारोबारमा हात नहाल्दा राम्रो हुनेछ ।
ज्योतिषी प्रेम प्रसाद पराजुली