About Contact
०३ माघ २०७७, शनिबार
Close
बिज्ञापन
हात्तिवनमा चौथो गाउँ स्तरीय फुटबल प्रतियोगिता सुरु

Darpanpost शनिबार, पौष १८, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

उमेश बि.क.

नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. ४ हात्तिवनमा माघे संक्रान्तिको पावन अवसरमा चौथो गाउँ स्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ ।

No description available.

सम्मेमाई सामुदायिक युवा क्लबका अध्यक्ष सन्तराम केवटको अध्यक्षता तथा समाजसेवी अकुरुदिन पठानको प्रमुख आतिथ्यतामा फुटबल प्रतियोगिता सुरु भएको हो।

फुटबल प्रतियोगितामा समाजसेवी अकुरुदिन पठान,सरावल गाउँपालिका वडा नं. ४ वडा अध्यक्ष छोटेलाल यादव,वडा सदस्य सुर्यनरायण यादव,युवा समाजसेवी सुखाडि प्रसाद चौधरी,समाजसेवी सुरेश यादव,राष्ट्रिय दैनिकका कार्यकारी निर्देशक तथा नेपाल प्रेस युनियनका जिल्ला उपसभापति उमेश कुमार बि।क ,हिमाल युवा क्लब अध्यक्ष नरेश फौजदार,बुद्ध ज्योती प्रा।बि हात्तिवन बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष गंगा चौधरी,समाजसेवी बोधन कोहार ,गोबरहिया प्रहरीचौकी इन्चार्ज लिल बहादुर बि।क,समाजसेवी गौकरण यादव ,बुद्ध सागर गुप्ता लगाएतले खेलकुदको सफलताको शुभकामना ब्यक्त गर्नुभएको हो।

No description available.

प्रतियोगितामा नवलपरासी अन्तर्गतको २७ फुटबल टिमको सहभागीता रहेको छ । उदघाट सत्रको खेलमा जनकपुर र श्रीनगर बिच भएको खेलमा जनकपुरले १ गोलगरी बिजयी भएको हो।

खेलकुदमा प्रथम हुनेला ४० हजार मेडल प्रमाण पत्र,दोस्रो २५ हजार मेडल प्रमाण पत्र र तेस्रो हुनेलाई ५ हजार बराबरको पुरस्कार एवम् मेडल प्रमाण पत्र दिइने क्लबका सचिव कमलेश कहाँरले जानकारी दिनुभएको हो।

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
शुद्धोधन जेसिज वर्ष२०२१मा पौडेल सर्वसम्मतले निर्वाचित
 लुम्बिनी प्रदेश सभा सदस्य ओलीलाई २५ लाख बिगो भराउने फैसला मानव बेचबिखन मुद्दामा

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569/9867000269
Email :[email protected]

[email protected]
Web :- www.darpanpost.com