सन्तोष गहतराज
पाल्पा । पाल्पा जिल्लामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको अवस्थाबारे जिल्ला स्तरीय साझा सभा कार्यक्रम सोमबार तानसेनमा सम्पन्न भएको छ ।
इन्द्रेणी ग्रामीण बिकास केन्द्र कपिलवस्तुको पारस्परिक जवाफदेहीता परियोजना अन्र्तगत गैरसरकारी संस्था महासंघ पाल्पाको आयोजनामा कार्यक्रम संचालन गरिएको थियो । कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै इन्द्रणी ग्रामीण बिकास केन्द्र कपिलबस्तुका कार्यक्रम संयोजक लक्ष्मीनाथ ज्ञवालीले बिभिन्न सवालहरुमा सेवाग्राही र प्रदायक बीच संवादका लागि यसप्रकारको कार्यक्रम उपयोगी हुने बताए । उनले यस्तै प्रकारका बिभिन्न कार्यक्रमहरु जिल्लामा संचालन हुँदै आएको समेत जानकारी गराए ।
कार्यक्रममा जिल्लाको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको अवस्थाबारे इन्सेक पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाले कार्यपत्र प्रस्तुत गरेका थिए । प्रस्तुतीकरणमा जिल्लाबासीले अहिलेपनि यी अधिकारहरुको पुर्णय रुपमा उपयोग गर्न नपाएको, स्थानीय सरकार मार्फत शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा केही नमुना प्रयास भएपनि पुर्णता पाउन नसकेको उल्लेख गरिएको छ ।
कार्यक्रममा शिक्षा बिकास तथा समन्वय इकाई पाल्पाका प्रमुख रमेश पौडेल, कृषि ज्ञान केन्द्रका शिवप्रसाद बन्जाडे, गैरसरकारी संस्था महासंघका लुम्बिनी प्रदेश सहइन्चार्ज देबीलाल लामिछाने, गैससका प्रदेश सदस्य चोपलाल गिरी, पत्रकार महासंघका कोषाध्यक्ष मिलन बिश्वकर्मा, मानवअधिकार एलाइन्सकी केन्द्रीय सदस्य राजेन्द्रलक्ष्मी गैरे, बेद युवा समुहका अध्यक्ष बरुण बस्याल, बेस नेपालका प्रकाश पाण्डे लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
गैरसरकारी संस्था महासंघकी सदस्य नारायणी खनालको स्वागत, अध्यक्ष भेषराज तिमिल्सिनाको अध्यक्षता र सचिव ठाकुरप्रसाद लोहागुनको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।