भारतमा आन्दोलनरत किसानले भोक हड्ताल सुरु गरेका छन् ।
संयुक्त किसान मोर्चाले कृषि कानुनको विरोधमा प्रदर्शन स्थलमा
भोक हड्ताल गर्ने घोषणा गरेका हुन् ।
दिल्लीमा बढ्दो चिसोका बाबजुत पनि किसानले
आन्दोलन लाई अगाडि बढाइ राखेका छन् ।
आउँदो डिसेम्बर २३ तारिखमा परेको किसान दिवसमा आन्दोलन थप सशक्त पार्ने किसानको तयारी छ ।
२३ तारिखमा उनीहरुले दिउँसोका खाजा खाना नबनाइ किसानको आन्दोलनमा समर्थन जनाउन आग्रह गरेका छन् ।
कृषि कानुनको विरोधमा भारतमा एक महिनादेखि किसानहरु
आन्दोलनमा छन् ।
उनीहरुले कृषि कानुन फिर्ता लिन बाध्य पार्न आग्रह गर्ने पनि बताएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।