काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले तयार
पार्ने एसोसिएट राष्ट्रका यो दशकका उत्कृष्ट पुरुष खेलाडीको सूचीमा नेपालका पारस खड्का पनि परेका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले मंगलबार सार्वजनिक गरेको मनोनयनमा पारस सहित ६ खेलाडी परेका हुन् ।
मनोनयनमा स्कटल्याण्डका तीन खेलाडी काइल कोएट्जर, कोलम म्याकल्याण्ड र रिची बेरिङटन परेका छन् भने पपुवा न्यूगिनीका असद भाला र नेदरल्याण्ड्सका पिटर बोेरन अटाएका छन् ।
सन् २००४ मा मलेसिया विरुद्धको खेलबाट नेपालका लिग डेब्यु गरेका पारसको कप्तानीमा नेपालले सन् २०१४ को टि–२० विश्वकप
खेल्नुका साथै सन् २०१८ मा एकदिवसीय मान्यता पाएको थियो।