About Contact
०२ माघ २०७७, शुक्रबार
Close
बिज्ञापन
बैतडीमा जिप दुर्घटना पाँच जनाको मृत्यु , चारजना घाइते

Darpanpost मंगलबार, मंसिर ०९, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

बैतडी-बैतडीमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । अन्य चारजना घाइते भएका छन् ।

बैतडीको झुलाघाट बाट सदमुकाम गोठालापानी जाँदै गरेको ना १ ज २१९६ नम्बरको जिप दुर्घटना हुँदा त्यहाँ सवार पाँच जनाको मृत्यु भएको हो ।
जीप दुर्घटनामा सुर्नया गाउँपालिका ४ का ७५ वर्षीया कलावती चन्द, पाटन नगरपालिका ५ का ७७ वर्षीय भगीरथ पाण्डेय, दशरथचन्द नगरपालिका ५ बस्कोटका ७२ वर्षीय पार्वतीदेवी चन्द, पाटन नगरपालिका ५ की ७० वर्षीया पार्वतीदेवी चन्द र दशरथचन्द नगरपालिका २ का ५८ वर्षीय कृष्णलाल लावडको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
तीव्र गतिमा रहेको जीप अनियन्त्रित भएर दुर्घटनामा परेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । जीप सडकबाट झण्डै एक सय मिटर तल खसेको छ ।

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
शुद्धोधन जेसिज वर्ष२०२१मा पौडेल सर्वसम्मतले निर्वाचित
 लुम्बिनी प्रदेश सभा सदस्य ओलीलाई २५ लाख बिगो भराउने फैसला मानव बेचबिखन मुद्दामा

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569/9867000269
Email :[email protected]

[email protected]
Web :- www.darpanpost.com