About Contact
०८ मंसिर २०७७, सोमबार
Close
बिज्ञापन
पत्रकार बिद्यार्थी संगठनको अभियान कपिलवस्तु जिल्ला समिति निर्माण गर्दै आजबाट शुरु

Darpanpost शनिबार, मंसिर ०६, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

गंगा भण्डारी ,वुटवल

पत्रकार बिद्यार्थी संगठनको अभियान कपिलवस्तु जिल्ला समिति निर्माण गर्दै आजबाट शुरु भएको छ ।
प्रगतिशील,न्याय र राष्ट्रका लागि उत्पिडित पत्रकार विद्यार्थीहरुको मजवुत एकतालाई कायम गरौं
सदस्यता वितरण,संगठन विस्तार तथा सुदृढ अभियान सफल पारौं
भन्ने नारा साथ पत्रकार विद्यार्थी संगठन नेपालको केन्द्रीय समितिको कार्यक्रम अन्तर्गत आज कपिलवस्तु जिल्लामा जिल्ला समिति निर्माण गर्दै एक महिने पहिलो चरणको अभियान शुरु भएको हो  ।

उक्त अभियानले संगठन सुदृढ तथा विस्तार गर्दै कपिलवस्तु जिल्ला समितिको अध्यक्षमा
राधा पाण्डे रहने गरि सदस्यहरुमा बसन्ता भुसाल,अनिता क्षेत्री,मनिषा भुसाल,सागर बिक रहने गरि पाँच सदस्यीय जिल्ला समिति निर्माण गरेको छ ।

उक्त भेलामा केन्द्रीय अध्यक्ष मुक्ति गैरे,पाल्पा जिल्ला अध्यक्ष टेकबहादुर दर्लामि लगायतको अभियान टिम पुगेको थियो ।

अभियान एक महिने पहिलो चरणको रहने केन्द्रीय अध्यक्ष गैरेले बताएका छन् । उक्त भेलाको अध्यक्षता राधा पाण्डेले गर्नु भएको थियोे ।

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
तराईका केही ठाउँमा बाक्लो कुहिरो
भोलिदेखि सुरु हुने कक्षा १२ को परीक्षामा ढुक्क भएर सहभागी हुन सरकारको आग्रह

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
Web :- www.darpanpost.com