About Contact
१४ मंसिर २०७७, आइतबार
Close
बिज्ञापन
प्रतापपुरमा पनि छठ पर्वको रौनक

Darpanpost शुक्रबार, मंसिर ०५, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

नन्दु यादव ,नवलपरासी,प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँ नवलपरासीमा पनि भब्य रुपमा मनाईएको छ ।

यसै गरि प्रतापपुर गाउपालिकामा पनि भब्य रुपमा छठ मनाईदैछ।छठ पर्वले प्रतापपुर गाउपालिकाको विभिन्न वडामा रौनक छाएको छ।

प्रतापपुर गाउपालिकाको वडा न ३मा लगभग ७०० घरधुरिका महिलाहरुले व्रत बस्दै आएको सोमनीका रिसिदेव पटेल ले जानकारी दिनुभयो ।

वहाले दियको जानकारी अनुसार सुरुमा यस वडामा १ जनाबाट मात्र सुरुवात भई करि ७ बर्ष यता यस वडामा व्रत बस्नेको सख्यामा बृध्दि भएकोे वहाँले बताउनुभयो ।

वडा न ३को गिदहा ,सोेमनी ,नन्दपुर ,पिडरहनी,अमहवा र बरगदवा टोलका ७००महिलाहरुले व्रत बसिरहेका छन ।आउने दिनमा बढदै जाने बिश्वास लिएको बताईएको छ ।नदिको किनार ,तालपोखरीको किनारमा अस्ताउदो सुर्यलाई अर्घ्य दिई भोलि बिहान उदाउदो सुर्यलाई अर्घ्य दिई छठलाई भोलि अन्त्य गरिने बताएईको छ ।

साम्व पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोग मुक्त हुन गएको भन्ने चर्चा छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ।

यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्ब सहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ । यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट व्रत गराउने गर्छन् । आर्थिक अभाव भएका मानिसहरु भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन्

 

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
पत्रकार महासंघले श्रमजिवी पत्रकारहरुको पेशागत सुरक्षाका लागि सञ्चालन गरेको आन्दोलनलाई थप सशक्त बनाउने
जनता समाजबादि पार्टी नेपालको बसहिया कार्यकर्ता भेला सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
Web :- www.darpanpost.com