About Contact
१४ मंसिर २०७७, आइतबार
Close
बिज्ञापन
कोरोनाले गण्डकी प्रदेशमा एकैदिन ८ जनाको मृत्यु

Darpanpost शुक्रबार, मंसिर ०५, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

पर्वत, गण्डकी प्रदेशमा शुक्रबार एकै दिन ८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार एकै दिन ८ जना संक्रमितको उपचारका क्रममा पोखराका बिभिन्न अस्पतालमा मृत्यु भएको हो ।

निर्देशनालयका अनुसार पछिल्लो पटक तनहुँ जिल्लाको भिमाद नगरपालिकाका ६६ बर्षिय पुरुषको मृत्यु भएको छ । स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरामा उपचारका क्रममा मृत्यु भएका ती पुरुषमा कडाखालको निमोनिया लगायतका समस्या रहेका थिए ।
यस्तै पोखरा महानगरपालिका वडा नम्बर २७ का ७१ व्र्षिय कोरोना संक्रमित पुरुषको मृत्यू भएको छ ।

पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचाररत उनको गएराती १ बजेर ४० मिनेटमा मृत्यू भएको गत कात्तिक २९ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई जटिल खालको निमोनियासँगै उच्च रक्तचापको समेत पहिलेदेखि नै समस्या रहेको निर्देशनालयको वुलेटिनमा उल्लेख छ ।

पोखरा महानगरपालिका वडा नम्बर ८ का ५४ वर्षिय पुरुषकोपनि मृत्यू भएको छ । गण्डकी मेडिकल कलेजमै उपचाररत उनको विहान ३ बजेर ४० मिनेटमा मृत्यू भएको निर्देशनालयले जनाएको छ ।

कात्तिक २३ गते कोरोना संक्रमण पुष्टि भएका उनमा निमोनियासँगै मिर्गौला र उच्च रक्तचाप सम्बन्धी समस्या रहेको जनाइएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ९ का ६८ वर्षिय पुरुषको पनि मृत्यू भएको छ । मंसिर ४ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भर्ना भएका उनको गएराती ११ बजे मृत्यू भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनलाई विहीबार मात्र कोरोना संक्रमण पुष्टि भएको थियो । मृतकमा पहिले देखि नै निमोनियाको समस्या रहेको जनाइएको छ ।

त्यस्तै, पोखरा २१ क ७५ वर्षिय पुरुषको पनि कोरोनाले मृत्यू भएको छ । विहीबार अस्पताल भर्ना भएका उनको गएराती ११ बजेर २० मिनेटमा मृत्यू भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनमा पनि निमोनियाको समस्या पहिलेदेखि नै रहेको निर्देशनालयको वुलेटिनमा उल्लेख छ ।

यसैगरी, पोखरा १७ का २९ वर्षिय पुरुषको पनि कोरोनाले मृत्यू भएको छ । गएराती अस्पताल भर्ना भएका उनको राती १२ः३० बजे मृत्यू भएको निर्देशनालयको वुलेटिनमा उल्लेख छ । उनमो निमोनिया लगायतका समस्या रहेको जनाइएको छ ।

त्यस्तै, पोखरा १३ का ५५ वर्षिय पुरुषको पनि कोरोनाले मृत्यू भएको छ । आजै अस्पताल भर्ना भएका उनको विहान सवा ४ बजे मृत्यू भएको निर्देशनालयको वुलेटिनमा उल्लेख छ । उनमापनि निमोनिया, डायविटिज र मिर्गौलाको समस्या रहेको जनाइएको छ ।

त्यसैगरी पोखरामा उपचाररत तनहुँ म्याग्दे गाउँपालिका वडा नम्बर ४ का ५१ वर्षिय कोरोना संक्रमित पुरुषको पनि मृत्यू भएको छ । गण्डकी मेडिकल कलेजमा उपचाररत उनको शुक्रबार विहान ९ः३० बजे मृत्यू भएको निर्देशनालयले जनाएको छ । उनमा मंसिर ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

शुक्रबार ७ जना मृतक थपिएसँगै कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा मृत्यू हुनेको संख्या १३९ पुगेको छ ।

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
लिभरपुल इङ्ग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा
चिनियाँ स्टेट काउन्सिलर एकदिने भ्रमणका लागि आज नेपाल आउँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
Web :- www.darpanpost.com