About Contact
०८ मंसिर २०७७, सोमबार
Close
बिज्ञापन
सरकारले  स्थानीय तहमा निर्माण गर्न लागेको आधारभूत अस्पतालका लागि आवश्यक जग्गा प्राप्तिको बाटो खुला

Darpanpost शुक्रबार, मंसिर ०५, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं, सरकारले स्थानीय तहमा निर्माण गर्न लागेको पाँचदेखि १५ शय्याको आधारभूत अस्पतालका लागि आवश्यक जग्गा प्राप्तिको बाटो खोलेको छ ।
मुलुकका ७५३ स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा पुर्याउने लक्ष्य सहित कार्य अगाडि बढाएको सरकारले अस्पतालका लागि जग्गा नभएको स्थानमा सरकारी जग्गा लिजमा लिन सक्नेगरी कार्यनीतिमा संशोधन गरेको छ ।
मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्न मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सो जानकारी दिनुभएको हो ।
सरकारले नीति तथा कार्यक्रम र बजेटमै स्थानीय तहमा आधारभूत अस्पताल सेवा पुर्याउने लक्ष्य समेटेको थियो ।
कोरोना महामारी पछि सरकारले सो कार्यलाई द्रूतसाथ अगाडि बढाएको छ ।
गुरुङका अनुसार, सरकारले स्थानीय तहमा निर्माण
गर्ने पाँचदेखि १५ शय्याको आधारभूत अस्पतालका लागि आवश्यक
पर्ने जग्गा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले लिजमा उपलब्ध गराउन सक्ने गरी कार्यनीति संशोधन गरिएको छ ।

त्यस्तै, सरकारले नेपाल शहरी शासकीय सुधार तथा पूर्वाधार आयोजनाका लागि करिव १८ अर्ब बैदेशिक ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।
यसैगरी, सुर्खेत र विराटनगर विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहण गर्न स्वीकृति दिएको छ ।

यसैगरी, मन्त्रिपरिषद् बैठकले पर्साको सिर्सिया स्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय विस्तारका लागि जग्गा अधिग्रहण गर्न स्वीकृति दिएको छ ।
सरकारले नेपाल प्रहरी तथा प्रदेश प्रहरीको संगठन तथा व्यवस्थापन
सर्वेक्षण प्रतिवेदन, २०७७, सह लगानी सम्बन्धी कार्यविधि, २०७७ र व्यवसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७ स्वीकृत गर्ने निर्णय गरेको छ ।
यस्तै, स्वास्थ्य संस्था प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृत प्रदान गरिएको छ ।
यस्तै, सरकारले अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिको कार्यकारी समितिको अध्यक्ष पदमा उद्धव प्रसाद
तिमल्सेनालाई नियुक्त गरेको छ ।
त्यस्तै, नेपाल कानून आयोगको सचिवमा लीलादेवी
गड्तौलालाई पदस्थापन गरेको छ
यसैगरी, डा। लोकनाथ पौडेल र नारायण् ाप्रसाद शर्मालाई राजपत्राकित प्रथम ९प्राविधिक० श्रेणीमा बढुवा गरेको छ ।
यसैगरी, नेपाली सेनाका सहायक रथी सन्तोष कुमार ढकाल समेत दुई सहायक रथी र चार महासेनानीको बढुवा गरिएको छ ।

यसैगरी, मदन भण्डारी प्रौद्योगिक विश्व विद्यालय पूर्वाधार निर्माण विकास समितिमा आर्थिक वर्ष २०७७÷७८का लागि अधिकृत स्तरका दुई अस्थायी पदको दरबन्दी स्वीकृत गरिएको छ ।
त्यस्तै, आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा ९१० बमोजिम आवश्यक सेवामा हड्ताल गर्न निषेध गरी आदेश जारी गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरिएको छ ।

सरकारले गैरकानूनी रुपमा लामो समयदेखि नेपालमा वसोबास गरिरहेका अष्ट्रेलियन नागरिक मार्क लेस्ली डेन्गेट र यमनका मोहम्मेद इस्माइल अम्मेद ओबाडीन र नसीम इस्माइल अम्मेद ओबाडीनलाई नेपाल बाट निष्कासन गर्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
तराईका केही ठाउँमा बाक्लो कुहिरो
भोलिदेखि सुरु हुने कक्षा १२ को परीक्षामा ढुक्क भएर सहभागी हुन सरकारको आग्रह

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
Web :- www.darpanpost.com