About Contact
०८ मंसिर २०७७, सोमबार
Close
बिज्ञापन
विस्तृत शान्ति सम्झौता भएको आज १४ वर्ष पुरा 

Darpanpost शुक्रबार, मंसिर ०५, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं । विस्तृत शान्ति सम्झौता भएको आज १४ वर्ष पुरा भएपनि शान्ति प्रक्रिया अझै पनि अधुरै रहेको छ । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको दस वर्षे हिंसात्मक आन्दोलन लाई औपचारिक रुपमा अन्त्य गर्न विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो ।

विक्रम सम्वत २०६३ साल मंसिर ५ गते सरकारका तर्फबाट तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला र विद्रोही नेकपा माओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहालले शान्ति सम्झौतामा हस्ताक्षर गर्नु भएको थियो । शान्ति सम्झौतामा देशमा जारी हिंसात्मक आन्दोलन अन्त्य गर्दै मुलुक लाई शान्तिपूर्ण बाटोमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।

सम्झौतामा उल्लेख भएका सेना समायोजन तथा हतियार व्यवस्थापन, संविधानसभा चुनाव लगायतका कार्य सम्पन्न भएपनि संक्रमणकालीन न्याय टुंगोमा पु¥याउने कार्य भने हुन सकेको छैन ।

द्वन्द्व पीडित लाई न्याय दिन र संक्रमणकाल अन्त्यका लागि ६ महिना भित्र संक्रमणकालीन न्यय सम्वन्धी संयन्त्र गठन गर्ने शान्ति सम्झौतमा उल्लेख गरिएको थियो ।

तर दलहरुको सहमती नहुँदा आठ बर्षपछि मात्रै बेपत्ता खोजविन तथा छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरिएको थियो । कानुनको अभावका कारण त्यसले पनि लामो समय अर्थहिन भयो भने अहिले पनि प्रभावकारी भूमिका खेल्न कसेको छैन ।

सशस्त्र द्वन्द्वका कारण उत्पन्न हुनसक्ने विषम परिस्थितिलाई निराकरण गर्न, मुलुकको सामाजिक, आर्थिक, राजनीतिक जीवनमा पर्नसक्ने प्रतिकूल प्रभाव न्यूनीकरण गर्न समयमै पीडितलाई सम्बोधन गर्नुपर्ने भनिए पनि व्यवहारमा अहिलेसम्म हुन नसकेकोमा पिडितहरुले चिन्ता व्यक्त गरेका छन् ।

मानव अधिकारवादी अगुवा चरण प्रसाइले द्वन्द्व पीडितका सत्य, न्याय र परिपुरण अधिकारको सम्वोधन नहुँदा निराशा पैदा भएको बताउनुभयो ।

सम्झौतामा ओलीको प्रत्यक्ष संलग्नता नरहेको र अध्यक्ष प्रचण्डलाई दवावमा पारिरहनका लागि ओलीले प्राथमिकता नदिएको अर्का मानवअधिकारकर्मी दिनेश त्रिपाठीको भनाई छ ।

 

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
 प्याराग्लाइडिङ दुर्घटना हुँदा पोखरामा पाइलटको मृत्यु,एक जना घाइते 
भारतीय विदेश सचिव हर्षवर्द्धन आगामी मंसिर ११ गते नेपाल आउने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
Web :- www.darpanpost.com